श्रीलंकाली प्रहरीद्वारा बम आक्रमणका लागि प्रयोग भएको तालिम केन्द्र फेला « Khabarhub

श्रीलंकाली प्रहरीद्वारा बम आक्रमणका लागि प्रयोग भएको तालिम केन्द्र फेला


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– श्रीलंकाली प्रहरीले दुई साताअघि इष्टर सन्डेका दिन २५० जनाभन्दा धेरैको ज्यान जानेगरी भएका श्रृङ्खलाबद्ध बम आक्रमणमा संलग्न लडाकुले प्रयोग गरेको तालिम केन्द्र फेला पारेको छ ।

पूर्वी शहर कट्टनकुडीमा प्रहरीले १० एकड क्षेत्रफलमा रहेको तालिम केन्द्र फेला पारिएको प्रहरीले जनाएको हो ।

आक्रमणकारी लडाकुले त्यस क्षेत्रलाई बम बनाउन तथा बन्दुक चलाउने तालिम लिनका लागि प्र्रयोग गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

आक्रमणका मुख्य योजनाकार मानिने इस्लामिक अतिवादी जहरान हासिमको बासस्थान रहेको क्षेत्रनजिक रहेको तालिम केन्द्रको साँघुरो परिसरमा ४ तल्ले वाच टावर, एक भवन, कुखुरा र बाख्राको खोर तथा आँपका केही रुखहरु रहेको जनाइएको छ ।

तालिम केन्द्रमा प्रहरीले गोली लागेका प्वाल तथा बम बनाउने क्रममा प्रयोग भएका केही सामान बरामद गरेको जनाएको छ ।

प्रहरीले त्यस जमिनका दुई धनीलाई गिरफ्तार गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ९ : १८ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा