मुटुको अप्रेशनका क्रममा गलत रगत चढाउँदा गंगालालमा बालिकाको मृत्यु « Khabarhub

मुटुको अप्रेशनका क्रममा गलत रगत चढाउँदा गंगालालमा बालिकाको मृत्यु


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुटुको भल्भ फेर्ने क्रममा गलत समूहको रगत चढाउँदा एक जना बालिकाको ज्यान गएको छ ।

बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा वैशाख १३ गते उपचारका लागि भर्ना गरिएकी सर्लाहीकी ५ वर्षीया बालिका आकृति कुमारीको वैशाख १७ गते मुटुको भल्भ फेर्न ओपन हार्ट सर्जरी गरिएको थियो । उनको आज विहान निधन भएको हो ।

अप्रेशन गर्ने क्रममा गलत समूहको रगत चढाउँदा उनको निधन भएको पारिवारीक श्रोतले जानकारी दियो ।

‘ओ’ पोजेटिभ रगत चाहिने ठाउँमा ‘ए’ पोजेटिभ रगत चढाएपछि बालिकाको मृत्यु भएको आफन्तको भनाइ छ ।

बालिकाको मृत्यु भएपछि अस्पतालमा बैठक बसिरहेको छ । बालिकाको शव आफन्तलाई जिम्मा लगाइएको छैन ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ९ : ५४ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर