अफिम र चरेससहित एक जना पक्राउ | Khabarhub Khabarhub

अफिम र चरेससहित एक जना पक्राउ


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँ र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले आज बिहान प्रतिबन्धित अफिम र चरेससहित एक जनालाई पक्राउ गरेको छ ।

गजुरी गाउँपालिका–१ सोतीखोलास्थित कच्ची सडकखण्डबाट डिएल ३ सिएडी ७०८१ नम्बरको मारुती सुजुकी कारभित्र फल्स बटम बनाई लुकाइ निकासी गर्न लागेको अवस्थामा अवैध लागुऔषध अफिम ९७८ ग्राम र चरेस ४७ किलोग्राम प्रहरीले बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नवराज ढुङ्गेलले बताए ।

गाडीको पछाडि सिटमुनि फल्स बटम बनाइ चारवटा पोका पारी अफिम र खैरो टेप लगाएर ¥यापिङ गरिएको अवस्थामा चरेस बरामद गरिएको हो । लागुऔषधसहित प्रहरीले कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–४ उत्तर बेहडीका ४६ वर्षीय काल्चे बोहरालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  १० : ०६ बजे

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज