‘राजमार्ग खुलाउन सिरियाली सेनाको आक्रमण’ « Khabarhub

‘राजमार्ग खुलाउन सिरियाली सेनाको आक्रमण’


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सिरियाली सेनाले विद्रोहीको नियन्त्रणमा रहेको इडलिब प्रान्तमा शुरु गरेको सैनिक आक्रमण त्यहाँको मुख्य राजमार्ग नियन्त्रणका लागि रहेको सिरियाली विद्रोहीले जनाएका छन् ।

उत्तरी शहर अलेप्पोलाई मुलुकको मध्यभागमा रहेको हामा शहर हुँदै राजधानी दमास्कसँग जोड्ने एम–५ राजमार्ग र अलेप्पोलाई भूमध्य सागरको तटमा अवस्थित शहर लताकियासँग जोड्ने एम–४ राजमार्गमा नियन्त्रणका लागि सिरियाली सेनाको कारवाही लक्षित रहेको सिरियाली विद्रोहीले जनाएका हुन् ।

पछिल्ला ६ दिनयता सिरियाली तथा रुसी वायुसेनाले हामा र इडलिब प्राप्तमा विद्रोही नियन्त्रित क्षेत्रमा व्यापक हवाई आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सिरियाली सेनाको हवाई आक्रमण इडलिब प्रान्तको जिशर अल सिगुर, अल गबको मैदानी भूभाग, मरात अल नुमान शहर तथा अल लतमेना शहरमा केन्द्रित रहेको विद्रोहीको भनाइ छ ।

त्यस्तै जमिनबाट गरिने आक्रमणका लागि पनि सिरियाली सेनाले ठूलो सङ्ख्यामा सैनिकलाई तैनाथ गरेको जनाइएको छ ।

सिरियाली सेनाले पछिल्लो हवाई आक्रमणका क्रममा निकै घातक मानिने ब्यारेल बमको अत्यधिक प्रयोग गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

सिरियाली सेनाको हवाई आक्रमणबाट दर्जनौं मानिस मारिएको तथा अन्य हजारौं विस्थापित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सिरिया सरकारले भने विद्रोहीले जथाभावी रकेट आक्रमण गरेर मानिसहरुको जनजीवनलाई नै अस्तव्यस्त बनाएकाले हवाई आक्रमण गरिएको बताउँदै आएको छ ।

गत सेप्टेम्बरमा टर्की र रुसबीच इडलिबमा विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्र तथा सिरियाली सेनाको नियन्त्रणमा रहेका केही क्षेत्रलाई समेटेर बफर जोन बनाउने र त्यस क्षेत्रमा सैनिक आक्रमण नगर्ने सम्झौता भएपनि सिरियाली सेना र विद्रोहीबीच त्यस सम्झौताको बेलाबेला उल्लङ्घन हुँदै आएको छ ।

हाल अमेरिका तथा युरोपेली युनियनको नाकाबन्दीका सामना गरिरहेको सिरियाले आफ्नो अर्थतन्त्रलाई राहत दिनका लागि दोश्रो ठूलो शहर अलेप्पोसँगको सडक सञ्जाल खुलाउन प्रयासरत रहेको बताइन्छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  १० : ११ बजे

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ