एकदिवसिय अन्तर्राष्ट्रियमा वेष्ट इन्डिजको नयाँ किर्तीमान « Khabarhub

एकदिवसिय अन्तर्राष्ट्रियमा वेष्ट इन्डिजको नयाँ किर्तीमान


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – त्रिकोणात्मक एकदिवसिय अन्तर्राष्ट्रिय शृङ्खलामा वेष्ट इन्डिजले आयरल्यान्डमाथि १ सय ९६ रनको सहज जीत हात पारेको छ । आयरल्यान्डविरुद्धको जीतमा इन्डिजका जोन क्याम्बेल र साइ होपको विष्फोटक ब्याटिङ गरे ।

एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा उनीहरुले ३ सय ६५ रनको साझेदारी पारी खेलेका थिए । जुन अहिलेसम्मकै सबैभन्दा लामो साझेदारी हो । योसँगै उनीहरुले यसअघिको किर्तीमानी भंङ्ग गर्दै नयाँ किर्तिमानी बनाएको छ । एक दिवसीय क्रिकेटमा यसअघि पाकिस्तानका फकर जमान र इमा उल हकले ३ सय ४ रनको साझेदारी गर्दै कीर्तिमान कायम थियो ।

विश्वकप क्रिकेटको तयारीका रुपमा हेरिएको मैत्रिपूर्ण त्रिकोणात्मक खेलमा इन्डिजले आक्रामक शुरुआत गरेको छ । सबैभन्दा लामो साझेदारी खेलेका क्याम्बेल र होप दुवै जना एकै इनिङमा १ सय ५० रन पुरा गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको इन्डिजले ३ विकेट गुमाएर ३सय८१ रन बनाएको थियो । ३सय८२ रनको ठूलो लक्ष्य पछ्याएको आयरल्यान्ड ३४.४ ओभरमा सबै विकेट गुमाउँदै १सय८५ रनमा अलआट हुँदा इन्डिजले १सय९६ रनको जीत हात पार्यो ।

आयरल्यान्डका लागि केभिन ओब्राइनले ६८ रन बनाउँदा ग्यारी विल्सनले ३० रन बनाए ।

आयरल्यान्डविरुद्ध इन्डिजका आस्ले नुरसले ४ विकेट लिए भने स्यानोन गाब्रीयलले ३ विकेट लिँदा केमार रोचले २ र सेल्डोन कोट्टरेलले १ विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको इन्डिजका लागि ओपनिङ ब्याट्सम्यानद्वयले उत्कृष्ट पारी खेले । योसँगै सर्वाधिक लामो साझेदारी पारी खेलेका उनीहरुले १ सय ५० रन पनि पुरा गरे । क्यउाम्पबेलले १सय३७ बलमा १सय७९ रन बनाए भने अर्का ब्याट्सम्यान होपले १सय५२ बलमा १सय७० रन बनाए ।

इन्डिजविरुद्ध आयरल्यान्डका बारी म्याकर्थीले २ तथा मार्क अदारले १ विकेट लिएका थिए । दोस्रो खेल इन्डिजले बंगलादेशसँग खेल्नेछ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ११ : ३५ बजे

जी-२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा

एटलान्टा– रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन

निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

इलाम– माङसेबुङ गाउँपालिका–६ टोड्केका ८७ वर्षीय वृद्ध लालप्रसाद राईले पहिलोपटक घरआँगनबाटै

नेपाललाई अतिकम विकसित मुलुक स्तरोन्नतिका लागि थप तीन वर्ष, बालेन सरकारको कूटनीतिक सफलता

काठमाडौं– संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी) को