एकदिवसिय अन्तर्राष्ट्रियमा वेष्ट इन्डिजको नयाँ किर्तीमान « Khabarhub

एकदिवसिय अन्तर्राष्ट्रियमा वेष्ट इन्डिजको नयाँ किर्तीमान


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – त्रिकोणात्मक एकदिवसिय अन्तर्राष्ट्रिय शृङ्खलामा वेष्ट इन्डिजले आयरल्यान्डमाथि १ सय ९६ रनको सहज जीत हात पारेको छ । आयरल्यान्डविरुद्धको जीतमा इन्डिजका जोन क्याम्बेल र साइ होपको विष्फोटक ब्याटिङ गरे ।

एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा उनीहरुले ३ सय ६५ रनको साझेदारी पारी खेलेका थिए । जुन अहिलेसम्मकै सबैभन्दा लामो साझेदारी हो । योसँगै उनीहरुले यसअघिको किर्तीमानी भंङ्ग गर्दै नयाँ किर्तिमानी बनाएको छ । एक दिवसीय क्रिकेटमा यसअघि पाकिस्तानका फकर जमान र इमा उल हकले ३ सय ४ रनको साझेदारी गर्दै कीर्तिमान कायम थियो ।

विश्वकप क्रिकेटको तयारीका रुपमा हेरिएको मैत्रिपूर्ण त्रिकोणात्मक खेलमा इन्डिजले आक्रामक शुरुआत गरेको छ । सबैभन्दा लामो साझेदारी खेलेका क्याम्बेल र होप दुवै जना एकै इनिङमा १ सय ५० रन पुरा गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको इन्डिजले ३ विकेट गुमाएर ३सय८१ रन बनाएको थियो । ३सय८२ रनको ठूलो लक्ष्य पछ्याएको आयरल्यान्ड ३४.४ ओभरमा सबै विकेट गुमाउँदै १सय८५ रनमा अलआट हुँदा इन्डिजले १सय९६ रनको जीत हात पार्यो ।

आयरल्यान्डका लागि केभिन ओब्राइनले ६८ रन बनाउँदा ग्यारी विल्सनले ३० रन बनाए ।

आयरल्यान्डविरुद्ध इन्डिजका आस्ले नुरसले ४ विकेट लिए भने स्यानोन गाब्रीयलले ३ विकेट लिँदा केमार रोचले २ र सेल्डोन कोट्टरेलले १ विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको इन्डिजका लागि ओपनिङ ब्याट्सम्यानद्वयले उत्कृष्ट पारी खेले । योसँगै सर्वाधिक लामो साझेदारी पारी खेलेका उनीहरुले १ सय ५० रन पनि पुरा गरे । क्यउाम्पबेलले १सय३७ बलमा १सय७९ रन बनाए भने अर्का ब्याट्सम्यान होपले १सय५२ बलमा १सय७० रन बनाए ।

इन्डिजविरुद्ध आयरल्यान्डका बारी म्याकर्थीले २ तथा मार्क अदारले १ विकेट लिएका थिए । दोस्रो खेल इन्डिजले बंगलादेशसँग खेल्नेछ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ११ : ३५ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५