फोरम र नयाँ शक्तिको एकता, ‘समाजवादी पार्टी नेपाल’ घोषणा « Khabarhub

फोरम र नयाँ शक्तिको एकता, ‘समाजवादी पार्टी नेपाल’ घोषणा


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भन्दै संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको एकीकरण भएको छ । मधेस आन्दोलनबाट उदाएका फोरम अध्यक्ष उपेन्द्र यादव र माओवादी युद्धबाट स्थापित भएका बाबुराम भट्टराईले गैर कम्युनिस्ट ‘समाजवादी पार्टी नेपाल’ पार्टी घोषणा गरेका छन् ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच अघिल्लो वर्ष भएको पार्टी एकताले पूर्ण आकार नलिएका बेला पूर्वप्रधानमन्त्री समेत रहेका डाक्टर वावुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी र वर्तमान सरकारमा रहेको दल संघीय समाजवादी पार्टीका बिचमा पार्टी एकीकरण भएको छ ।

क्षेत्रीय राजनीति गरिरहेको दल समाजवादी फोरम र सत्ताबाहिर रहेको दल नयाँ शक्तिको एकता प्रक्रिया नेकपाकै मोडलमा भएको छ । पार्टीमा दुबैजना अध्यक्ष हुने व्यवस्थासहितको पार्टी एकीकरण गर्नेसम्बन्धमा यसै साता भएको सहमतिअनुसार सोमबार एक सभामार्फत पार्टी एकीकरण भएको घोषणा गरिएको हो ।

१० वर्षे सशस्त्र युद्धमा नेतृत्वदायी भूमिका खेलेका डा. वावुराम भट्टराईले संविधानसभाबाट संविधान जारी भएपछि तत्कालीन एकीकृत माओवादी पार्टी परित्याग गरेका थिए । माओवादी पार्टी छाडेर नयाँ शक्ति पार्टी नेपाल नामक पार्टी निर्वाचन आयोगमा दर्ता गराएका भट्टराईले गत चुनावमा अपेक्षित परिणाम हासिल गर्न सकेनन् ।

गत चुनावमा कांग्रेससँग तालमेल गरी संघीय संसदमा गोरखाबाट आफू (एकजना) मात्रै निर्वाचित भएका भट्टराई नेतृत्वको नयाँ शक्तिले ३ नम्बर प्रदेशको रसुवाबाट प्रदेशसभा १ ठाउँमा चुनाव जितेको थियो ।

नयाँ शक्तिको रसुवा जिल्ला कमिटि नै कांग्रेस प्रवेश गर्ने तयारी भए पनि कानूनी जटिलता सिर्जना भएपछि कांग्रेमा आउन सकेको छैन । अन्य जिल्लामा पार्टी संगठन भए पनि नयाँ शक्तिले उल्लेख्य निर्वाचन क्षेत्रमा खासै प्रभाव राख्न छैन । मधेस केन्द्रित राजनीतिमा सक्रिय संघीय समाजवादी फोरमसँगको एकतापछि बन्ने पार्टी प्रतिनिधिसभाको चौथो ठूलो दल बन्ने छ ।

सरकारमा रहेको दल फोरम र प्रतिपक्षमा रहेको दल नयाँ शक्तिका बिचमा एकीकरण भएपछि अब नयाँ पार्टी सरकारमै रहन्छ वा सरकारबाट बाहिरिन्छ भन्ने बहश समेत शुरु भइसकेको छ ।

नेकपा एकीकरणकै मोडेलमा पार्टीमा २ अध्यक्ष रहने व्यवस्थामा सहमति गरेका बाबुराम भट्टराई र उपेन्द्र यादवमध्ये भट्टराईले संघीय परिषद्को अध्यक्षता गर्ने छन् भने यादवले केन्द्रीय समितिको । फोरमका १६ र नयाँ शक्तिका ९ गरी २५ सदस्यीय पदाधिकारी हुने छन् ।

संघीय परिषद् करिब एक हजार जनाको र केन्द्रीय समिति करिब ३ सय ५० जनाको हुने छ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभामा फोरमका १६ र नयाँ शक्तिका १ सांसद छन् । राष्ट्रियसभामा फोरमका २ सांसद छन् । फोरमको नेतृत्वमा प्रदेश २ मा प्रदेश सरकार छ । कांग्रेसले खरो प्रतिपक्षको भूमिका निभाउन नसकिरहेको अवस्थामा समाजवादी पार्टी सरकारबाट बाहिरिएर त्यो भूमिका खेल्न कतिपयको आकलन छ ।

दुई पार्टीका बिचमा यसअघि समेत पार्टी एकीकरणको प्रयास भएको थियो । स्थानीय तहको चुनावमा सहकार्य गरेका २ पार्टीका बीचमा पार्टी नै एकीकरण गर्ने विषयमा छलफल भएपनि अन्तिममा आएर एकता भाँडिएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  १ : ४५ बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न