उपचारका लागि ल्याएकी छोरीलाई ६ दिनसम्म हेर्न दिएनन्, सातौं दिन शव लिन बोलाए ! « Khabarhub

उपचारका लागि ल्याएकी छोरीलाई ६ दिनसम्म हेर्न दिएनन्, सातौं दिन शव लिन बोलाए !


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सर्लाहीकी पिङ्की देवी साह बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको बगैंचामा रसिला आँखा लिएर बसेकी छन् । ५ वर्षीया छोरी आकृतिको मुटुमा प्वाल परेपछि उपचारका लागि गंगालाल लिएर आएकी पिङ्की छोरीको मृत्युको खबरले स्तब्ध छिन् । छोरी निको पार्न वैदेशिक रोजगारी छाडेर अस्पतालमा आइपुगेका आकृतिका बुबा रामप्रवेश साहको पनि अनुहार मलिन छ ।

गत मंसिरमा आकृतिलाई ज्वरो आयो । आकृतिकी आमा पिङ्की र हजुरबुबा स्याम साहले जनकपुर अञ्चल अस्पतालमा लगे । अस्पतालमा भिडियो एक्सरे गर्दा आकृतिको मुटुमा प्वाल देखियो । मुटुमा समस्या देखिएपछि जनकपुर अस्पतालले काठमाडौंको गंगालाल अस्पतालमा रेफर गरेको थियो ।

गंगालाल अस्पतालका चिकित्सकले आकृतिको मुटुको भल्भ फेर्नुपर्ने भएकाले शल्यक्रिया गर्नुपर्ने बतायो । आकृतिको बुबा रामप्रवेश वैदेसिक रोगजारीमा रहेकाले हजुरबुबा श्याम साहले अस्पतालमा शल्यक्रिया गर्ने समय वैशाखमा सारेका थिए । श्यामले नातिनीको शल्यक्रिया गर्नुपर्ने भएपछि विदेशमा रहेका ज्वाइँ रामप्रवेशलाई नेपाल बोलाए ।

आकृतिको मुटुको अप्रेसनका लागि एक लाख ऋण खोजेर आकृतिको परिवार सर्लाहीबाट वैशाख १३ गते काठमाडौं आए । गंगालाल अस्पतालले १७ गते आकृतिको मुटुको भल्भ फेर्न ओपन हार्ट सर्जरी गर्‍यो ।

शल्यक्रियाका लागि अप्रेसन थिएटरमा आकृतिसँग गएका अन्य बालबालिका फर्किसक्दा छोरीलाई नल्याएपछि उनले डाक्टरसँग छोरीको अवस्था बुझे । डाक्टरले अप्रेसन सफल भएको र छिट्टै ठिक हुने आश्वसन दिए ।

‘दिउँसोको ३ बजे मात्रै छोरी भेट्न दियो । छोरीलाई हेर्न जाँदा मुख, आँखा सबैमा पट्टी लगाएको थियो । सबैमा पाइप लगाइएको थियो, डाक्टरलाई सोध्दा चिन्ता नलिग तिम्रो छोरीलाई अब ठिक हुन्छ भनेको थियो ।’

आकृतिसँगै अप्रेसन थिएटरमा गएका अन्य बालबालिका २४ घण्टा भित्र बाहिर निस्किसक्दा ६ दिनसम्म पनि आकृतिलाई चिकित्सकले बाहिर निकालेनन् ।

अप्रेसन गरेको एक सातापछि (आइतरबार) अस्पतालले आकृतिको मृत्यु भइसकेको भन्दै ‘शव  लैजानु भनेपछि साहको होस् उड्यो ।

‘एकसातासम्म तिम्रो छोरीलाई ठिक हुन्छ भनिरहेको थियो । हिजो बेलुका अस्पतालको कागजमा साइन गर्नु छोरीको मृत्यु भइसक्यो । शव लिएर जानु भन्यो ।’

‘अप्रेसन गर्ने ठाउँमा जानुअघि नातिनी हाँस्दै खेल्दै थिई, अप्रेसन गर्ने ठाउँमा जान पनि मानेकी थिइन,’ आकृतिको हजुरबुवा श्यामले भने, ‘डाक्टरको लापरबाहीले गलत रगत दिएर हाम्री नातिनि मारे ।’

अस्पतालका निर्देशक ज्योतिन्द्र शर्माले मृतक आकृतिका परिवारलाई घटनाको छानविन गर्ने आश्वासन दिँदै शव अस्पतालबाट लैजान भनेका छन् । तर अस्पतालको लापलबाहीले गतल समुहको रगत चढाइएको कारण आकृतिको मृत्यु भएको परिवारको दावी छ ।

उपचारमा लापलबाही गर्ने ल्याबका कर्मचारी र रगत चढाउने चिकित्सकलाई कारबाही नभएसम्म छोरीको शव नबुझ्ने साह दम्पतिको अडान छ ।

‘छोरीको उपचारको लागि काम छोडेर नेपाल आएँ, डाक्टरले गलत रगत चढाएर मेरो छोरीको ज्यान गयो, राम प्रवेश साहले भने, ‘मेरो छोरी कि बचाएर दिनुपर्छ कि त गलत रगत दिने डाक्टरलाई कारबाही गर्नपुर्छ, न्याय नपाएसम्म छोरीको शव बुझ्दैनौं ।’

यता अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माले भने घटनाको विषयमा छानविन भइरहेको बताए ।

‘बालिकाको जन्मजात मुटुरोग समस्या रहेछ, उसको जटिल किसिमको मुटुको अपरेशन गरिएको हो । ओपन हार्ट सर्जरी गर्दा बच्चाको मृत्यु भयो,’ डा शर्माले भने, ‘तर तपाईंलाई बिरामीका आफन्तले गलत रगत दिएर मृत्युभएको भन्नुभएको होला । हामीले के कारणले मृत्यु भयो भन्ने अहिले नै भन्न सक्दैनौं हामीले छानविन कमिटि बनाएर अनुसन्धान गरीरहेका छौं ।’

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  २ : ५७ बजे

युगान्डामा स्कुल बस दुर्घटना, २१ जनाको मृत्यु

कम्पाला– पूर्वी युगान्डामा स्कुल बस दुर्घटना हुँदा २० जना स्कुले

दुर्गेशको गीत ‘ताराबाजी लै लै’लाई प्रतिबन्ध लगाउन सरकारकहाँ निवेदन

काठमाडौं- गायक तथा कलाकार दुर्गेश थापाको आगामी चलचित्र ‘मास्टर्नी’ मा

लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणको प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौं– लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणका क्रियाकलापको कार्यान्वयनमा स्थानीय

२९ देशहरूद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर

साङ्घाई– विश्वका २९ वटा देशहरूले साङ्घाईमा विश्व कृत्रिम बुद्धिमत्ता (एआई)

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु– जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले अब