नेकपा महासचिव पौडेल भन्छन्– बालुवाटार जग्गा प्रकरणमा दोषी ठहर भए सजाय भोग्न तयार छु « Khabarhub

नेकपा महासचिव पौडेल भन्छन्– बालुवाटार जग्गा प्रकरणमा दोषी ठहर भए सजाय भोग्न तयार छु


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर भए जस्तोसुकै सजाय भोग्न पनि आफू तयार रहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रमाथिको छलफलका क्रममा महासचिव पौडेलले ललिता निवासको जग्गा प्रकरणबारे गम्भीर छानबिन गर्न पनि सरकारलाई आग्रह गरे । सरकारले गरेको छानबिनबाट आफू दोषी ठहर भए जस्तोसुकै सजाय भोग्न पनि तयार हुने उनको भनाइ थियो ।

‘ललिता निवास परिसरको जग्गा प्रकरणमा गम्भीरतापूर्वक छानबिन होस्, सत्यतथ्य सार्वजनिक होस्, दोषीलाई कडा कानुनी कारबाही होस् भन्ने माग गर्छु,’ महासचिव पौडेलले भने, ‘म आफू दोषी ठहर भए जुनसुकै सजाय भोग्न तयार छु ।’

ललिता निवास परिसरको जग्गा प्रकरणमा आफु लगायत पुर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई लगायत विभिन्न व्यक्तिहरुको नाम जोडिएका समाचारहरु प्रकाशित भईरहेको सन्र्दभ उल्लेख गर्दै उनले गैरकानूनी तरिकाले दर्ता गरिएका सरकारी स्वामित्वका जग्गा फर्काउन सरकारले चालेको कदमको आफुले स्वागत गर्ने पनि बताए ।

यसअघि पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पनि ललिता निवास परिसरको जग्गा प्रकरणको सत्यतथ्य छानबिन गर्न सरकारसंग माग गरेका थिए । सरकारले गरेको छानबिनबाट आफू दोषी ठहर भए साजय भोग्न तयार हुने उनको भनाइ थियो ।

 

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ४ : ११ बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ