नेकपा महासचिव पौडेल भन्छन्– बालुवाटार जग्गा प्रकरणमा दोषी ठहर भए सजाय भोग्न तयार छु « Khabarhub

नेकपा महासचिव पौडेल भन्छन्– बालुवाटार जग्गा प्रकरणमा दोषी ठहर भए सजाय भोग्न तयार छु


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर भए जस्तोसुकै सजाय भोग्न पनि आफू तयार रहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रमाथिको छलफलका क्रममा महासचिव पौडेलले ललिता निवासको जग्गा प्रकरणबारे गम्भीर छानबिन गर्न पनि सरकारलाई आग्रह गरे । सरकारले गरेको छानबिनबाट आफू दोषी ठहर भए जस्तोसुकै सजाय भोग्न पनि तयार हुने उनको भनाइ थियो ।

‘ललिता निवास परिसरको जग्गा प्रकरणमा गम्भीरतापूर्वक छानबिन होस्, सत्यतथ्य सार्वजनिक होस्, दोषीलाई कडा कानुनी कारबाही होस् भन्ने माग गर्छु,’ महासचिव पौडेलले भने, ‘म आफू दोषी ठहर भए जुनसुकै सजाय भोग्न तयार छु ।’

ललिता निवास परिसरको जग्गा प्रकरणमा आफु लगायत पुर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई लगायत विभिन्न व्यक्तिहरुको नाम जोडिएका समाचारहरु प्रकाशित भईरहेको सन्र्दभ उल्लेख गर्दै उनले गैरकानूनी तरिकाले दर्ता गरिएका सरकारी स्वामित्वका जग्गा फर्काउन सरकारले चालेको कदमको आफुले स्वागत गर्ने पनि बताए ।

यसअघि पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पनि ललिता निवास परिसरको जग्गा प्रकरणको सत्यतथ्य छानबिन गर्न सरकारसंग माग गरेका थिए । सरकारले गरेको छानबिनबाट आफू दोषी ठहर भए साजय भोग्न तयार हुने उनको भनाइ थियो ।

 

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ४ : ११ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको