आन फुटसल टुर्नामेन्टमा ३२ टोलीबीच प्रतिस्पर्धा « Khabarhub

आन फुटसल टुर्नामेन्टमा ३२ टोलीबीच प्रतिस्पर्धा


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाल विज्ञापन संघ आनको आयोजनामा सोमबारदेखि शुरु भएको दोस्रो ‘नेपाल आईस आन फुटसल टुर्नामेन्ट’मा ३२ टोलीबीच प्रतिस्पर्धा भइरहेको छ । व्यवसायिक प्रतिष्ठान, संचारगृह र विज्ञापन एजेन्सीका गरी सहभागी ३२ टिमलाई ८ समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको छ ।

सानेपाको फिल्ड फुटसल शुरु प्रतियोगिताको उद्घाटन पूर्व अध्यक्ष माधवराज तिमिल्सिना र अध्यक्ष रविन्द्रकुमार रिजाल ‘शशी’ले संयुक्तरुपमा गरे । फुटसल प्रतियोगितामा समूह ‘जी’बाट कान्तिपुर मिडिया ग्रुप र क्यूएफएक्सले अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन् । कान्तिपुर अपराजित रहँदै अन्तिम १६ मा पुग्दा क्यूएफएक्सले कान्तिपुरसँग पराजित भए पनि प्रिज्मार्कसँग बराबरी र नयाँ पत्रिकालाई पराजित गरेर प्रि क्वार्टरफाइनलमा पुगेको हो ।

कान्तिपुर मिडिया ग्रुपले नयाँ पत्रिकामाथि २–० गोलको जीत निकाल्दै प्रतियोगिताको सुखद् शुरुआत गरेको थियो । यसैगरी कान्तिपुरले दोस्रो खेलमा प्रिज्मार्कलाई ३–२ गोलले निराश बनाउँदा क्यूएफएक्समाथि २–० गोल को जीत दर्ता गरेको थियो ।

क्यूएफएक्सले प्रिज्मार्कसँग १–१ गोलको बराबरी खेलेको थियो भने नयाँ पत्रिकालाई ३–२ गोलको जीत दर्ता गर्यो । समूह ‘एच’ बाट मिडिया हब र एड रिलिजले प्रि क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् । मिडिया हबले तीन वटै खेल जित्दा एड रिलिजले २ खेल जित्न सफल भयो ।

मिडिया हबले मार्समाथि २–१ गोल अन्तरले जित निकाल्दा की एड्भरटाईजिङमाथि १ का विरुद्ध १० गोल र एड रिलिजमाथि १–० को जीत निकाल्न सफल भयो । यसैगरी एड रिलिजले की एडभरटाईजिङलाई ६–० गोल अन्तरले पराजित गर्दा मार्समाथि ५–२ गोल अन्तरको जीत दर्ता गरेको आनका महासचिब राजु कुँइकेलले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत मंगलबार समूह ‘इ’ र ‘एफ’का समूह चरणका सबै खेल हुने छन् ।  समूह इ मा न्यूज–२४, विजनेस एडभान्टेज, नेपाल टेलिभिजन र माछापुच्छ्रे  बैंक रहेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ४ : ३१ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा