चिनियाँ सामानमा भन्सार शुल्क बढाउने ट्रम्पको घोषणा « Khabarhub

चिनियाँ सामानमा भन्सार शुल्क बढाउने ट्रम्पको घोषणा


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानको आयातमा भन्सार शुल्क बढाउने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले ट्विट गर्दै अर्को साताबाट लागू हुनेगरी २ खर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा भन्सार शुल्क बढाउने घोषणा गरेका हुन् ।

पछिल्लो समय अमेरिका र चीनबीच व्यापारिक विषयमा छलफल भइरहेका बेला अमेरिकी पक्षबाट एकतर्फी रुपमा चिनियाँ सामानमा भन्सार शुल्क बढाउने घोषणा आएको हो ।

यसअघि चिनियाँ सामानमा १० प्रतिशत मात्र भन्सार शुल्क लाग्दै आएकोमा आगामी शुक्रबारबाट त्यसलाई बढाएर २५ प्रतिशत पुर्‍याइने ट्रम्पको ट्विटमा उल्लेख छ । तर व्यापार वार्ता निकै सुस्त किसिमबाट अघि बढेको भन्दै राष्ट्रपति ट्रम्पले चीनमाथि थप दबाब बढाउनका लागि पछिल्लो घोषणा गरेको हुनसक्ने बताइएको छ ।

अमेरिकी घोषणासँगै सोमबार एसियाली शेयर बजारमा ठूलो गिरावट आएको छ । शाङ्घाईको शेयर बजार सोमबार एकै दिन ५ प्रतिशतले घटेको छ भने एसियाका अन्य शेयर बजारमा पनि मन्दी छाएको छ । हङकङको शेयर बजार पनि ३.३ प्रतिशत घटेको छ ।

सिंगापुरको शेयर बजार ३.३ प्रतिशत र ताइपेईको शेयर बजार १.८ प्रतिशतले घटेको छ । सिड्नी र वेलिङ्टनको शेयर बजारमा एकएक प्रतिशत घटेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ६ : १२ बजे

प्रतिनिधिसभाको निर्वाचनबाट सकारात्मक परिणाम ल्याउनुपर्छ : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभाको निर्वाचनबाट गणतन्त्रवादी शक्तिको पक्षमा

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रधानमन्त्रीका तीनै दाबेदारले हाल्न पाउँदैन् आफ्नो क्षेत्रमा भोट

काठमाडौं- निर्वाचनमा एक मतले पनि हारजित हुन्छ । जसकारण निर्वाचनअघि

प्रचण्ड भन्छन् : मैले सबैथोक गुमाइसकेँ, अब सत्ताको लोभ छैन

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई