भारतका प्रधानन्यायाधीशमाथि लागेको यौन उत्पीडनको आरोप खारेज « Khabarhub

भारतका प्रधानन्यायाधीशमाथि लागेको यौन उत्पीडनको आरोप खारेज


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– भारतको सर्वोच्च अदालतले प्रधानन्यायाधीश रंजन गोगोईमाथि लागेको यौन उत्पीडनको आरोप खारेज गरिदिएको छ ।

सर्वोच्चका न्यायाधीश एसएस बोबडेको अध्यक्षतामा गठित आन्तरिक समितिले प्रधानन्यायाधीश गोगोईलाई यौन उत्पीडनको आरोपमा ‘क्लिन चिट’ दिएको हो ।

सर्वोच्चका न्यायाधीश बोबडे नेतृत्वको ३ सदस्यीय समितिले सोमबार आफ्नो निर्णय सुनाउँदै प्रधानन्यायाधीश गोगोईमाथि लगाइएको आरोप निराधार भएको बताएको छ । साथै गोगोईमाथि लगाइएका आरोपबारे कुनै ठोस प्रमाण फेला नपरेको समितिले आफ्नो निष्कर्षमा सुनाएको छ ।

प्रधानन्यायाधीश गोगोईमाथि यौन उत्पीडनको आरोप लगाउने महिलाले भने यसअघि नै सर्वोच्च अदालतको आन्तरिक समितिमाथि प्रश्न उठाएकी थिइन् । उनले एक विज्ञप्ती जारी गर्दै समितिबाट यौन उत्पीडन अधिनियम सम्बन्धी नियम उल्लंघन भएको समेत आरोप लगाएकी थिइन् ।

गत अप्रिल ११ मा सर्वोच्च अदालतकी एक पूर्व महिला कर्मचारीले प्रधानन्यायाधीश गोगोईमाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन् । गोगोईले भने आफूमाथि लगाइएको आरोप सर्वोच्च अदालतलाई अस्थिर बनाउने उद्देश्यबाट प्रेरिरत रहेको र उक्त आरोप निराधार भएको बताउँदै आएका थिए ।

उक्त प्रकरणको छानबिनका लागि गठन भएको सर्वोच्च अदालतको आन्तरिक समितिले पीडित भनिएकी महिलालाई बयानका लागि उपस्थित हुन बोलाएको थियो । महिलाले भने आफ्ना सहयोग र कानून व्यवसायीसहित उपस्थित हुन पाउनुपर्ने बताउँदै आएकी थिइन् ।

तर, अदालतको समितिले उनलाई सहयोगी र कानून व्यवसायीसहित उपस्थित हुन अनुमति दिएको थिएन ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ६ : २६ बजे

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र

अमरेशको चेतावनी : वर्तमान संविधान असफल भए १० वर्षसम्म नयाँ संविधान बन्दैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं–  जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल