भारतीय महिला लिगको डेब्यू खेलमै सावित्राको ह्याट्रिक « Khabarhub

भारतीय महिला लिगको डेब्यू खेलमै सावित्राको ह्याट्रिक


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राईकर सावित्रा भण्डारी ‘साम्बा’ ले भारतीय महिला लिग फुटबल प्रतियोगिताको डेब्यू खेलमै ह्याट्रिक गरेकी छन् ।

सेथु एफसीबाट खेलेकी सावित्राले ४ गोल गरेकी छन् । उनले मनिपुर पुलिस स्पोर्ट्स क्लबविरुद्ध ४ गोल गर्दा उनको टोली सेथु ६–४ गोल अन्तरले विजयी भएको छ ।

सावित्राले खेलको पहिलो हाफमै तीन गोल गर्दै ह्याट्रिक गरेकी थिइन् । पहिलो मिनेटको २८ औं सेकेन्डमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी सावित्राले १६ औं मिनेटमा दोस्रो र ३४ आंै मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

सेथुका लागि खेलको ६५ र ७५ औं मिनेटमा दिग्माई ग्रेसले थप दुई गोल गरेकी थिइन् । विजयी टोली सेथुले अंक तालिकामा ३ अंक जोडेको छ ।

पराजित मनिपुरका लागि नाङ्गोम बालादेबीले खेलको २२ तथा ४२ औं मिनेट र खेलको अन्तिम समयमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यस्तै, मनिपुरका लागि चौथो गोल सलाम प्रमोदिनी चानुले गरे पनि टोलीलाई जित दिलाउन भने सकिनन् ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ७ : २१ बजे

सामाजिक अभियन्ता आशिका तामाङले घोषणा गरिन् स्वतन्त्र उम्मेदवारी

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङले प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकका लागि ३० प्रतिशत छुट 

काठमाडौं– एनआईसी एशिया बैंकले ग्राहकको बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू

सिजीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपालको खेल हेर्ने विजेता

काठमाडौं– सिजी ब्रान्डले आफ्नो ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ #लेवलअप!उईथसिजी उपहार योजनाअन्तर्गत

झापामा आगलागी हुँदा एक करोड ३० लाख रुपैयाँको क्षति

बनियानी– झापाको दमक नगरपालिका-९ स्थित एउटा थुप्पा उद्योग र एउटा घरमा