रक्तश्राव नरोकिएपछि भोजपुरकी कल्पनालाई हेलिकोप्टरबाट उद्दार « Khabarhub

रक्तश्राव नरोकिएपछि भोजपुरकी कल्पनालाई हेलिकोप्टरबाट उद्दार


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– शिशुलाई जन्म दिएर लामो समयसम्म रक्तश्राव नरोकिएपछि एक महिलालाई हेलिकोप्टरबाट उद्दार गरी विराटनगर लगिएको छ ।

रक्तश्रापले छट्पटिरहेकी रामप्रसादराई गाउँपालिका वडा नं. ३ भुल्के घर भई हाल भोजपुर नगरपालिकाको भोटेपसल बस्दै आएकी ३० वर्षीया कल्पना राईको ज्यानको जोखिम बढेपछि जिल्ला अस्पताल भोजपुरले थप उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा रिफर गरेको हो ।

नेपाल सरकारको राष्ट्रपति महिला उत्थान कार्यक्रमको आमा सुरक्षा कार्यक्रम अन्तरगत ती सुत्केरी महिलाको ‘एयर लिफ्ट’ बाट उद्दार गरिएको हो । कल्पनालाई नेपाली सेनाको हेलिकोप्टरबाट विराटनगरस्थित नोबेल अस्पतालमा उपचारार्थ लगिएको छ ।

‘म धेरै आत्तिए अन्ततः मेरो श्रीमति बाँच्ने भइन्, सरकार मेरो लागि भगवान नै बनेको छ’, श्रीमान किशोर राईले भने । कल्पना आज विहान साढे ३ बजे घरमै डेलिभरी भएको थिइन । सालनाल झरेपछि अचेत अवस्थामा रहेकी र बान्ता हुन थालेपछि उनलाई जिल्ला अस्पताल भोजपुरमा लगिएको थियो ।

‘गर्भाअवस्थामा उनले नियमित स्वास्थ्य जाँच नगराएकाले यो समस्या देखिएको हो उपचारमा संलग्न डाक्टर पवित्रा श्रेष्ठले बताइन् । श्रेष्ठले भने ‘अहिले पनि अस्पतालमा उपचार गर्न मान्नुभएन, हामीले जबरजस्ती नै अर्धचेत बनाएर उपचार ग¥यौं तर रक्तश्राव रोकिएन झन जोखिम बढेर गयो ।’

शिशुको स्वास्थ्य अवस्था भने राम्रो छ । कल्पनाको यो शिशुको जन्मसहित ४ सन्तान भए । यसअघि तेस्रो सन्तानको पनि जन्मिने वित्तिकै मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ८ : ३९ बजे

निर्वाचन आयोगको आचारसंहितामा नयाँ बुँदा थपियो

काठमाडौं– निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा सञ्चारसम्बन्धी नयाँ बुँदा थप गरेको

गगन-विश्वलाई संस्थापनको जवाफ : व्यक्तिले बोलाउँदैमा विशेष महाधिवेशन हुँदैन, अब औचित्य सकियो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनको मागको औचित्य समाप्त

सरकारले भयरहित र निष्पक्ष ढङ्गले चुनाव गराए हामी सहभागी हुन्छौँ र जित्छौँ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भयरहित र

अमेरिकाले भेनेजुएलाबाट तेल आयात गर्ने तयारी, दुई देशबीच उच्चस्तरीय वार्ता सुरु

वासिङ्टन– लामो समयदेखिको कूटनीतिक तिक्तता र आर्थिक प्रतिबन्धका बीच अमेरिका

अध्यक्षमाथि कालोमोसो दलेको विरोधमा डडेल्धुरा अस्पतालले आकस्मिक बाहेकका सेवा बन्द गर्ने 

काठमाडौं– डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करूणाकर ओझामाथि भएको घटनाप्रति