रक्तश्राव नरोकिएपछि भोजपुरकी कल्पनालाई हेलिकोप्टरबाट उद्दार « Khabarhub

रक्तश्राव नरोकिएपछि भोजपुरकी कल्पनालाई हेलिकोप्टरबाट उद्दार


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– शिशुलाई जन्म दिएर लामो समयसम्म रक्तश्राव नरोकिएपछि एक महिलालाई हेलिकोप्टरबाट उद्दार गरी विराटनगर लगिएको छ ।

रक्तश्रापले छट्पटिरहेकी रामप्रसादराई गाउँपालिका वडा नं. ३ भुल्के घर भई हाल भोजपुर नगरपालिकाको भोटेपसल बस्दै आएकी ३० वर्षीया कल्पना राईको ज्यानको जोखिम बढेपछि जिल्ला अस्पताल भोजपुरले थप उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा रिफर गरेको हो ।

नेपाल सरकारको राष्ट्रपति महिला उत्थान कार्यक्रमको आमा सुरक्षा कार्यक्रम अन्तरगत ती सुत्केरी महिलाको ‘एयर लिफ्ट’ बाट उद्दार गरिएको हो । कल्पनालाई नेपाली सेनाको हेलिकोप्टरबाट विराटनगरस्थित नोबेल अस्पतालमा उपचारार्थ लगिएको छ ।

‘म धेरै आत्तिए अन्ततः मेरो श्रीमति बाँच्ने भइन्, सरकार मेरो लागि भगवान नै बनेको छ’, श्रीमान किशोर राईले भने । कल्पना आज विहान साढे ३ बजे घरमै डेलिभरी भएको थिइन । सालनाल झरेपछि अचेत अवस्थामा रहेकी र बान्ता हुन थालेपछि उनलाई जिल्ला अस्पताल भोजपुरमा लगिएको थियो ।

‘गर्भाअवस्थामा उनले नियमित स्वास्थ्य जाँच नगराएकाले यो समस्या देखिएको हो उपचारमा संलग्न डाक्टर पवित्रा श्रेष्ठले बताइन् । श्रेष्ठले भने ‘अहिले पनि अस्पतालमा उपचार गर्न मान्नुभएन, हामीले जबरजस्ती नै अर्धचेत बनाएर उपचार ग¥यौं तर रक्तश्राव रोकिएन झन जोखिम बढेर गयो ।’

शिशुको स्वास्थ्य अवस्था भने राम्रो छ । कल्पनाको यो शिशुको जन्मसहित ४ सन्तान भए । यसअघि तेस्रो सन्तानको पनि जन्मिने वित्तिकै मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ८ : ३९ बजे

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि