३२ मेगापिक्सल सेल्फी क्यामेरा भएको ‘रेडमी वाई–३’ साढे १८ हजारमै « Khabarhub

३२ मेगापिक्सल सेल्फी क्यामेरा भएको ‘रेडमी वाई–३’ साढे १८ हजारमै


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा ३२ मेगापिक्सल सेल्फी क्यामेरा भएको फोन रिलिज भएको छ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शिओमीले ‘रेडमी वाई–३’ सार्वजनिक गरेको हो ।

फोनमा ३२ मेगापिक्सलको सेल्फी क्यामेरा छ भने भने १२ मेगापिक्सल तथा २ मेगापिक्सलका दुई रियर क्यामेरा छन् । यो फोनमा ४००० एमएएचको ब्याट्री जडान गरिएको छ ।

त्यस्तै एण्ड्रोइड पाई अपरेटिङ सिस्टममा चल्ने यो फोनमा अक्टाकोर १.८ गिगाहर्ज क्वाल्कम स्न्यापड्रेगन ६३२ प्रोसेसर उपलब्ध छ । नेपालमा यो फोन ३२ जीबी रोम र ३ जीबी ¥याम भएको स्मार्टफोनको नेपाली मूल्य १८ हजार ४ सय ९९ र तथा ६४ जीबी रोम र ४ जीबी  र्‍याम भएको स्मार्टफोनका मूल्य २१ हजार ४ सय ९९ तोकिएको छ ।

६.२६ इन्च एचडी नोच डिस्प्लेमा कर्निङ गोरिलाग्लास ५ रहेको यो फोनमा फिङ्गरप्रिन्ट सेन्सर तथा ३६० डिग्री फेस अनलकको पनि सुविधा छ ।  चीन, भारत तथा युरोपेली मुलुकमा यसअघि नै रिलिज गरिएपनि नेपालमा भने केही ढिला गरी रिलिज गरिएको हो ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ८ : ५५ बजे

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति

मुग्लिन–पोखरा खण्ड : एक अर्ब २१ करोड लागतमा आर्क ब्रिज बनाइँदै

दमौली–मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ ।

पाकिस्तानको उत्तर–पश्चिममा आतंकवादविरुद्धको कारबाहीमा ६ आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तूनख्वामा आतंकवादविरुद्ध गरिएको गुप्तचर सूचनामा

लेबनानमा बढ्दो मानवीय संकटप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले लेबनानमा इजरायली बमबारीबाट प्रभावित मानिसहरूका