निजेरमा ट्याङ्करमा विष्फोट हुँदा ५५ जनाको मृत्यु « Khabarhub

निजेरमा ट्याङ्करमा विष्फोट हुँदा ५५ जनाको मृत्यु


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नियमे– अफ्रिकी मुलुक निजेरमा इन्धन बोकेको ट्याङ्करमा विष्फोट हुँदा कम्तीमा ५५ जनाको मृत्यु भएको छ । राजधानी नियमेमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै इन्धन बोकेको ट्याङ्करमा विष्फोट भएको हो ।

विष्फोटनमा अरु ३६ जना घाइते भएका छन् । मारिने अधिकांशको शरिर जलेकाले शव पहिचान गर्न समस्या रहेको अधिकारीले जनाएका छन् ।

नियमेमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रेलको ट्रयाकमा दुर्घटनामा परी लडेको अवस्थामा ट्याङ्करबाट इन्धन चोर्न मानिसहरु आएका बेला ट्याङ्करमा अकास्मत आगलागी भएर विष्फोट भएको हो ।

दुर्घटनापछि पनि विमानस्थलका सम्पूर्ण उडान तथा अवतरण नियमित नै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ९ : ०२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको