जागरण होइन १४ औं महाधिवेशन आवश्यकः नेता कोइराला | Khabarhub Khabarhub

जागरण होइन १४ औं महाधिवेशन आवश्यकः नेता कोइराला


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली कांग्रेसलाई अहिलेको अवस्थामा जागरण अभियानभन्दा पनि १४ औं महाधिवेशनको शुरुआत गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

नेपाली कांग्रेस पनौती नगरसमितिले बुधबार काभ्रेको पनौतीमा आयोजना गरेको राष्ट्रिय जागरण अभियानमा नेता कोइरालाले जागरण अभियानले गर्दा १४ औं महाधिवेशन धकेलिने र स्थानीय निर्वाचनमा असर पार्ने भएकाले अब पार्टीले १४ औं महाधिवेशन गर्नुपर्ने बताए ।

उनले कार्यकर्तालाई प्रश्न गर्दै भने, “पार्टीका लागि जागरण अभियान जरुरी हो कि १४ औं महाधिवशेनको शुरुआत गर्न जरुरी हो ?” अहिले कांग्रेसको गाउँपालिका र नगरपालिकाको संरचना नभएको अवस्थामा कसलाई कसरी मान्ने भन्ने प्रश्न उठेको नेता कोइरालाको भनाइ थियो । “मेरै क्षेत्रमा तीन-तीन जना सभापति छन् कसलाई मान्ने”, प्रश्न गर्दै उनले भने, “गाविस वडामा परिणत भइसक्यो कसलाई मान्ने त्यसमा कांग्रेस चुकिरहेको छ ।”

नेता कोइरालाले अहिलेको बजेट ८० प्रतिशत केन्द्रमा, छ प्रतिशत प्रदेशमा र बाँकी १४ प्रतिशत मात्रै स्थानीय तहमा दिइएकाले पनि सरकार अधिकारलाई केन्द्रमा नै राख्न खोजिरहेको आरोप लगए ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ६ : १३ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि