पाठेघरको मुखको परीक्षण गर्नुभएको छ– १० वर्ष अगाडि थाहा हुन्छ क्यान्सर | Khabarhub Khabarhub

पाठेघरको मुखको परीक्षण गर्नुभएको छ– १० वर्ष अगाडि थाहा हुन्छ क्यान्सर


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालमा पाठेघरको मुखको क्यान्सर महिलाहरुमा बढ्दै गएको छ ।

पाठेघरको क्यान्सर हुनु अगाडि नै पत्ता लगाउन सकिने भएपनि यो रोगको विषयमा जनचेतना नहुँदा र समयमा स्वस्थ्य परिक्षण नगराउँदा धेरै महिलाको अकालमै ज्यान गइरहेको छ । पाठेघरको मुखको क्यान्सर समयमै पहिचान भएमा यसलाई निको पार्न सकिन्छ ।

कसरी हुन्छ पाठेघरको मुखको क्यान्सर ?

सूक्ष्म जीवाणुको संक्रमणले पाठेघरको मुखको क्यान्सर हुन सक्छ । यो जीवाणु असुरक्षित यौन सम्पर्कबाट गर्छ । पाठेघरको मुखमा संक्रमण भए पनि कुनै लक्षण तथा चिन्हहरु देखा नपर्न पनि सक्छ । त्यसैले स्त्री रोग विशेषज्ञसँग समयमै पाठेघरको परिक्षण र परार्मश लिनुपर्छ ।

 क्यान्सर हुनु अगाडि नै यसरी थाहा पाउँन सकिन्छ

पाठेघरको मुखको क्यान्सर हुनुभन्दा अगाडिको अवस्था पाठेघरको मुखको परीक्षण बाट थाहा पाउँन सकिन्छ ।  तालिम प्राप्त स्वास्थ्यकर्मीबाट पाठेघरको मुखमा औषधि लगाई गरिने परीक्षण विधि अपनाउन सकिन्छ ।

यो परिक्षण यौन सम्पर्क भएका ३० देखि ३० वर्ष उमेर पुगेका सबै महिलाहरुले आफूलाई कुनै समस्या नदेखिएपनि परीक्षण गराउनु पर्छ । यो परिक्षण प्रत्येक ५ वर्षमा एकपटक गराउनुपर्छ ।

पाठेघरको मुखमा औषधि लगाई गरिने परीक्षणबाट पाठेघरमा क्यान्सर हुनुभन्दा करिब १० वर्षअगाडिको अवस्था थाहा पाउन सकिन्छ । यो परीक्षणबाट क्इान्सर हुने नहुने थाहाँ पाउन सकिन्छ । पाठेघरको मुख औषधि लगाई गरिने परीक्षणबाट समस्या देखिएमा उपचार शुरु गराउनु पर्छ ।  सरकारी स्वास्थ्य संस्थामा निशुल्क पाठेघरको परीक्षण निशुल्क गरिन्छ ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  २ : २९ बजे

तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

तनहुँ– तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत

बागमतीसहित तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिया निर्यात ५२ प्रतिशतले बढ्यो

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार