संसद बैठकमा ‘नाक भाँच्ने प्रसंग’– मेयरलाई फौजदारी कानून अनुसार कारवाहीको माग « Khabarhub

संसद बैठकमा ‘नाक भाँच्ने प्रसंग’– मेयरलाई फौजदारी कानून अनुसार कारवाहीको माग


२३ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनसरीको इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले पत्रकारलाई‘नाक भाँच्ने धम्की’ दिएको भन्दै सांसदहरुले कारवाहीको माग गरेका छन् ।

विहीवार बसेको संघीय संसदको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सुजाता परियारले इटहरीका प्रमुखको हर्कत के हो ? भन्दै प्रश्न गरेकी छिन् ।

‘इटहरीका प्रमुखको हर्कत के हो । राज्यको चौथो अंगनै असुरक्षित बनेपछि अरुको हालत के हेला’ सांसद परियारले भनिन्,‘करोडौं खर्च गेरेर पनि सिद्धाउछु भन्नु कुन लोकतान्त्रिक विधि भित्र पर्छ ?’

लोकतान्त्रिक विधि र पद्दती सकिएकै हो त भन्दै प्रश्न गरेकी उनले राज्य छ भने तत्काल कारवाही गरेर राज्य भएको अनुभुति दिलाउन सरकारसँग आग्रह गरिन् ।

त्यस्तै सांसद हिरा गुरुङले द्वारिकालाल चौधरीले पत्रकारलाई कुटपिट गर्ने धम्की दिएको भन्दै आपत्ति जनाइन् । उनले दुई तिहाइको दम्भमा कम्युनिस्ट सरकारले जनतालाई धम्की दिने काम गरेको आरोप लगाइन् ।

उनले भनिन्,‘दुई तिहाइको दम्भमा जनतालाई धाक धम्की दिन मानिसलाई कुट्ने मार्ने छुट कानूनमा छ ? उनलाई तत्काल फौजदारी अपराध अन्तर्गत तत्काल कानूनको दायरामा ल्याओस् ।’

मंगलबार इटहरीका एक पत्रकार फोनमा धम्की दिँदै मेयर चौधरीले , ‘तेरो नाकको हड्डी भाँच्न एक करोडको घडेरी राखेको छु।’ भनेको विषयले सञ्चारमाध्यम देखि सामाजिक सञ्जालसम्म तातेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहिबार  ११ : ३५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको