संसद बैठकमा ‘नाक भाँच्ने प्रसंग’– मेयरलाई फौजदारी कानून अनुसार कारवाहीको माग « Khabarhub

संसद बैठकमा ‘नाक भाँच्ने प्रसंग’– मेयरलाई फौजदारी कानून अनुसार कारवाहीको माग


२३ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनसरीको इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले पत्रकारलाई‘नाक भाँच्ने धम्की’ दिएको भन्दै सांसदहरुले कारवाहीको माग गरेका छन् ।

विहीवार बसेको संघीय संसदको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सुजाता परियारले इटहरीका प्रमुखको हर्कत के हो ? भन्दै प्रश्न गरेकी छिन् ।

‘इटहरीका प्रमुखको हर्कत के हो । राज्यको चौथो अंगनै असुरक्षित बनेपछि अरुको हालत के हेला’ सांसद परियारले भनिन्,‘करोडौं खर्च गेरेर पनि सिद्धाउछु भन्नु कुन लोकतान्त्रिक विधि भित्र पर्छ ?’

लोकतान्त्रिक विधि र पद्दती सकिएकै हो त भन्दै प्रश्न गरेकी उनले राज्य छ भने तत्काल कारवाही गरेर राज्य भएको अनुभुति दिलाउन सरकारसँग आग्रह गरिन् ।

त्यस्तै सांसद हिरा गुरुङले द्वारिकालाल चौधरीले पत्रकारलाई कुटपिट गर्ने धम्की दिएको भन्दै आपत्ति जनाइन् । उनले दुई तिहाइको दम्भमा कम्युनिस्ट सरकारले जनतालाई धम्की दिने काम गरेको आरोप लगाइन् ।

उनले भनिन्,‘दुई तिहाइको दम्भमा जनतालाई धाक धम्की दिन मानिसलाई कुट्ने मार्ने छुट कानूनमा छ ? उनलाई तत्काल फौजदारी अपराध अन्तर्गत तत्काल कानूनको दायरामा ल्याओस् ।’

मंगलबार इटहरीका एक पत्रकार फोनमा धम्की दिँदै मेयर चौधरीले , ‘तेरो नाकको हड्डी भाँच्न एक करोडको घडेरी राखेको छु।’ भनेको विषयले सञ्चारमाध्यम देखि सामाजिक सञ्जालसम्म तातेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहिबार  ११ : ३५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली