नेकपामा इन्चार्ज र सहइन्चार्ज चयनमा सकस– बैठक स्थगित « Khabarhub

नेकपामा इन्चार्ज र सहइन्चार्ज चयनमा सकस– बैठक स्थगित


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–जिल्ला इन्चार्ज र सहइन्चार्ज चयन गर्न आजका लागि तय भएको सचिवालय बैठक स्थगित भएको छ ।

गृहकार्यका लागि समय अभाव भएपछि बिहीवार बिहान ९ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहकार्यका लागि समय मागेपछि बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको सचिवालय बैठकले जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा छलफल गर्दै विहीवार निर्णय लिने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए ।

केन्द्रीय सदस्यको कार्यविभाजनबारे पार्टीमा छलफल भइरहेको र छलफल सकारात्मक दिशामा अघि बढेको श्रेष्ठले बताएका थिए ।

नेकपाको सचिवालय बैठक केन्द्रीय सदस्यको कार्य विभाजनसँगै जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा मङ्गलबारदेखि जारी छ । गत वर्ष जेठ ३ गते पार्टी एकता भएपनि नेकपाको सम्पूर्ण एकता प्रक्रियाका काम टुंग्याउन बाँकी छ ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  १२ : ०६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना