१ सय २४ स्थानीय तहमा सूचना प्रविधि केन्द्र स्थापना हुने | Khabarhub Khabarhub

१ सय २४ स्थानीय तहमा सूचना प्रविधि केन्द्र स्थापना हुने


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभरका १ सय २४ स्थानीय तहमा सूचना प्रविधि केन्द्र स्थापना हुने भएको छ । दुरसञ्चार प्राधिकरणले सूचना प्रविधिको पहुँच नपुगेका स्थानीय तहहरुमा उक्त कार्यक्रम संचालन गर्न लागेको हो ।

सो कार्यक्रम संचालनको लागी ग्रामिण दूरसञ्चार कोष अन्तर्गतको रकम खर्च गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले केन्द्र स्थापनाका लागी परेका आवेदनबाट १२४ स्थानीयतह छनौट समेत गरिसकेको छ ।

सूचना प्रविधि केन्द्र स्थापनाका लागी छनोट भएका स्थानीयतहले प्राधिकरणसँग सम्झौता समेत गर्नुपर्ने छ । यसका लागि सम्बन्धीत स्थानीय तहहरुले प्राधिकरणको वेबसाइटमा रहेको फारम भरी ईमेल मार्फत पठाउनुपर्ने हुन्छ ।

छनौट भएका स्थानीय तहहरुमा सुविधा सम्पन्न सूचना प्रविधि केन्द्र स्थापना हुनेछ ।

उक्त प्रविधि केन्द्रमा एक थान ल्यापटप, ३ थान डेक्सटप, (फोटोकपी, प्रिन्टर,स्क्यानर)एक थान, प्रोजेक्टर ,साउन्डसिस्टम, ब्याकप, वायरलेस राउटरजस्ता सामग्री प्रधिकरणले जडान गरिदिने भएको छ । बिजुलीको व्यवस्था नभएको ठाउँमा सोलार पनि जडान गरिदिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  १२ : २७ बजे

कास्की र म्याग्दी कारागारबाट भागेका कैदी पक्राउ

बागलुङ– जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका ४

एसिया कप: यूएईमाथि भारतले निकाल्यो ४.३ ओभरमै सानदार जित

काठमाडौं – एसिया कपमा भारतले विजयी सुरुवात गरेको छ। दुबई

सवारी दुर्घटनामा एकजनाको मृत्यु

झापा– झापामा सवारी दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ

नख्खु कारागारबाट भागेका कैदी धादिङबाट पक्राउ

धादिङ – बिहीबार ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको

आजदेखि कर्फ्यू आदेश क्रमश खुकुलो पार्दै सेना

काठमाडौं – नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो