विश्व बैंकले भन्यो– नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत « Khabarhub

विश्व बैंकले भन्यो– नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत


२३ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व बैंकले चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले बिहीबार काठमाडौंमा सार्वजनिक गरेको नेपालको आर्थिक अवस्थासहितको प्रतिवेदनमा चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको हो । नेपालको अर्थतन्त्र दू्रत गतिमा अघि बढिरहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विश्वका दुई शक्तिशाली अर्थतन्त्र भएको छिमेकी मुलुक भारत र चीनबाट फाइदा लिन सके नेपालको आर्थिक विकासले झनै फड्को मार्ने देखिएको पनि बैंकका दक्षिण एशियाका वरिष्ठ अर्थशाष्त्री हान्स टिम्मेरले बताए ।

बैंकले पर्यटकको आगमनमा वृद्धि, विद्युत आपूर्तिमा सहज तथा निजी क्षेत्रको लगानीमा भएको विस्तारका कारण व्यापार घाटा बढ्दै जाँदा पनि नेपालको आर्थिक वृद्धिदरमा कमी हुन आउने सम्भावना नदेखिएको पनि स्पष्ट पारेको छ । सरकारी खर्च भने यो वर्ष निराशाजनक हुने विश्व बैंकको अनुमान छ । प्रतिवेदनमा तीन वटै तहमा बलियो सरकार बन्नु नेपालको आर्थिक क्षेत्रको विकासका लागि अवसर भएको पनि उल्लेख गरिएको छ ।

कार्यक्रममा अर्थमन्त्री डा वराज खतिवडाले नेपालको व्यापार घाटा बढदै गएपनि चिन्तित हुनुपर्ने अवस्था नरहेको बताए । उनले आर्थिक गतिविधि बढाउँदा हुन गएको व्यापार घाटाबाट देशलाई घाटा नभई लाभ नै हुने पनि स्पष्ट पारे । अर्थमन्त्री खतिवडाले सीमित स्रोत भित्र रहेर सरकारले असीमित दायित्व पूरा गर्न लागि परेपनि वित्तिय अनशासनलाई पूर्ण पालना गरेको दाबी गरे ।

अर्थमन्त्री खतिवडाले सरकारले आन्तरिक उत्पादनलाई जोड दिएको उल्लेख गर्दै त्यसबाट केही वर्ष भित्र व्यापार घाटा अन्त्य गर्ने दावी पनि गरे । निरन्तर रुपमा भईरहेको आर्थिक वृद्धिदरलाई कायम राख्न सरकारले विशेष ध्यान दिने अर्थमन्त्री खतिवडाको भनाई छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहिबार  २ : २५ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का