सलमान खानको फिल्म ‘भारत’ पाइरेसीको मारमा « Khabarhub

सलमान खानको फिल्म ‘भारत’ पाइरेसीको मारमा


२३ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – यो बुधवारबाट रिलिज भएको फिल्म सलमान खानको फिल्म ‘भारत’ पाइरेसीको मारमा परेको छ । बक्स अफिसमा धमाकेदार इन्ट्री गरेको यो फिल्म रिलिजकै दिन अनलाइन लीक भएको हो ।

बक्स अफिसमा पहिलो दिन ४२ करोड ३० लाखको व्यापार गरेको यो फिल्म एक ह्याकिङका लागि बदनाम साइटले लिक गरिदिएको हो । अनलाइनमा लिक भएपछि यो फिल्मको व्यापारमा घाटा पर्ने अनुमान गरिएको छ ।

सलमान खानका फिल्म यसअघि पनि पाइरेसीको मारमा परेका थिए । यसअघि सलमान खानले फिल्म पाइरेसी हुँदा दुःख व्यक्त गर्दै आएका थिए । एक अन्तर्वार्तामा सलमानले फिल्मले ३ सय करोडभन्दा पनि बढी कमाउने बताएका थिए ।

सलमान खानले हरेक वर्ष ईदको मौका पारेर आफ्ना फिल्म रिलिज गर्ने गर्छन् । सलमानले ईदको फाइदा उठाउने गरेको बताइन्छ । उनका फिल्मले पहिलो दिन नै आक्रामक व्यापार गरेर बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ ।

यो फिल्ममा सलमान खान क्याटरीना कैफ, सुनील ग्रोबर, ज्याकी श्राफ लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ । नेपालमा पनि फिल्मले राम्रो प्रतिक्रिया पाएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहिबार  २ : ३६ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई