विहीबार पनि शेयर बजार ओरालो | Khabarhub Khabarhub

विहीबार पनि शेयर बजार ओरालो


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही दिन यता लगातार ओरालो लागेको शेयर बजार विहीबार पनि ४.६९ अंकले घटेको छ । नेप्से ०.३६ प्रतिशतले घट्दा परिसूचक १२८४.५९ बिन्दुमा पुगेको हो । त्यससँगै सन्सेटिभ परिसूचक पनि ०.९७ अंकले घटेको छ ।

विहीबार १७२ कम्पनीको १८ लाख ५९ हजार २ सय ४८ कित्ता सेयर खरिद बिक्री हुँदा ५८ करोड ८८ लाख २२ हजार ६ सय २५ रुपैयाँको कारोबार भएको छ । १२ उपसमूह कारोबार भएकोमा होटल ३.६३, विकास बैंक ३.४६, वित्त १८.५५ र अन्य १.५४ अंकले बढेका छन् ।

त्यस्तै बैंक ५.६२, ट्रेडिङ ५.१५, जलविद्युत ३.९७, निर्जीवन बीमा ११.३१, उत्पादन १४, माईक्रोफाईनान्स ५.०६ र जीवन बीमा ८५.२ अंकले घटेका हुन् ।

विहीबार शेयर बजारमा डेभलपमेण्ट बैंक लिमिटेडका लगानीकर्ताले ९.६५ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । भने पाँचथर पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ५.१० प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ४ : ४० बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये