एजेन्टमार्फत काम नगराउन म्यानपावरलाई विभागको चेतावनी « Khabarhub

एजेन्टमार्फत काम नगराउन म्यानपावरलाई विभागको चेतावनी


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीलाई प्रतिनिधि एजेन्टमार्फत काम गराएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

विभागले विहीबार विज्ञप्ति जारी गर्दै विगतदेखि काम गर्दै आएका एजेन्टमार्फत काम नगराउन म्यानपावर कम्पनीलाई सचेत गराएको हो । एजेन्टमार्फत काम गराएको थाहा पाए त्यस्ता म्यानपावर कम्पनीलाई कडा कारवाही गरिने विज्ञप्तिमा जनाइएको छ ।

विभागले विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगार ऐन, २०६४ को व्यवस्थालाई केही नेपाल ऐन संशोधन मार्फत संशोधन भइसकेको हुनाले कुनै पनि व्यक्तिलाई वैदेशिक रोजगारको एजेण्टको रुपमा काम नगर्न तथा म्यानपावर व्यवसायीलाई पनि त्यस्ता व्यक्ति नराख्न ध्यानाकर्षण गराएको हो ।

केहि नेपाल ऐन संशोधनले अव वैदेशिक रोजगार व्यवसायीले जिल्ला कार्यालयमार्फत काम गर्नुपर्नेछ । विभागका महानिर्देशक डा. भीष्म कुमार भुषालले एजेन्टमार्फत काम नगराउन म्यानपावरलाई आग्रह गरेका छन् । काम गराएको थाहा पाए कडा कानूनी कारवाही गरिने उनको भनाइ छ ।

 

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ५ : ५९ बजे

बाढीपीडितलाई ६३ लाख सहयोग

बनेपा– भोटेकाशी बाढीपीडितको सहयोगार्थ पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले ६३ लाख

महामन्त्रीमा प्रदीपको अग्रता, अमरसिंहलाई उदयले उछिने

काठमाडौं– नेपाली कांग्रेसको महामन्त्री (खुला) पदमा प्रदीप पौडेलले अग्रता कायम

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा