अष्ट्रेलियाद्वारा वेष्ट इन्डिजसामु २ सय ८९ रनको लक्ष्य « Khabarhub

अष्ट्रेलियाद्वारा वेष्ट इन्डिजसामु २ सय ८९ रनको लक्ष्य


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी अन्तर्राष्ट्रिय एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले क्यारेबियन टोली वेष्ट इन्डिजलाई २ सय ८९ रनको लक्ष्य दिएको छ ।

नोटिङघामस्थित ट्रेन्टब्रिजमा भएको खेलमा अस्ट्रेलियाले ४९ ओभर खेल्दै सबै विकेट गुमाएर २ सय ८८ रन बनायो । जारी विश्वकपमा दोस्रो खेल खेलेको अस्ट्रेलियाले टस हारेर ब्याटिङको निम्तो पाएसँगै ब्याटिङमा पनि कमजोर शुरुवात गरेको थियो ।

तर, अस्ट्रेलियालाई खेलमा फर्काउन स्टेभ स्मिथ र एलेक्सले उत्कृष्ट ब्याटिङ गर्दै वेष्ट इन्डिजमाथि हावी भएको थियो । अस्ट्रेलियाका लागि नाथन कौलटेर निलल खेलमा सर्वाधिक ९२ रन बनाए । उनले जम्मा ६० बलको सामना गर्दै ८ चौका र ४ छक्काको मद्दतमा ९२ रन बनाएका हुन् ।

यस्तै, स्मिथले १०३ बलमा ७३ रन बनाउँदा एलेक्स कारेयले ४५ रन बनाएका थिए । टस जितेर अस्ट्रेलियाविरुद्ध फिल्डिङ रोजेको वेष्ट इन्डिजका लागि कार्लोस बार्थबेटले ३ विकेट लिए भने ओसन थोमस, सेल्डन कोट्रेल, आन्द्रे रसेलले समान २–२ विकेट लिँदा जसन होल्डरले १ विकेट लिए ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ७ : १७ बजे

एमाले सांसद रेखा शर्मा रिहा

काठमाडौं – लुम्बिनी प्रदेश सभाकी एमाले सांसद रेखा शर्मा रिहा

मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : अध्यक्ष ढकाल

मोरङ – नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले

खाडीका ऊर्जा पूर्वाधारमा इरानले आक्रमण बढायो

तेहरान – संयुक्त अरब इमिरेट्स, बहराइन र कुवेतका नागरिक सुविधाहरूमा

सुदूरपश्चिममा जनक शिक्षाद्वारा तीन लाख थान पाठ्यपुस्तक बिक्री

अत्तरिया– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म