बिरामीलाई ज्यानमारा औषधी दिने नर्सलाई जन्मकैदको फैसला « Khabarhub

बिरामीलाई ज्यानमारा औषधी दिने नर्सलाई जन्मकैदको फैसला


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जर्मनी– जर्मनीमा ८५ जान बिरामीलाई ज्यानमारा औषधी प्रयोग गराइएको अभियोगमा दोषी पाइएका एक नर्सलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

बिरामीलाई ज्यानमारा औषधी दिने नर्स निएल्स होइगेललाई जर्मनीको ओल्डेनबर्ग शहरको जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो ।  उनले बिरामीलाई प्राणघातक औषधि सेवन गराएर पुनः वीरतापूर्वक बचाउने प्रयत्न गर्दा बिरामीको मृत्यु भएपछि हत्या गरेको भन्दै दोषी ठहर गिरएको हो ।

सन् २००० देखि २००५ सम्म नर्स होइगेलले १ सय बिरामीको हत्या गरेको अभियोग लागेको थियो । उनले शुरुमा आफूले ४३ जना बिमारीको हत्या गरेको स्वीकार गरी बिरामीका परिवारसँग माफी मागेका थिए ।

तर, अभियोजनकर्ताले भने उनले १०० बिमारीकै हत्या गरेको भनी अदालतमा अभियोग दर्ता गराएका थिए । उनलाई १ सय मध्ये ८५ अभियोगमा दोषी ठहर गरी आजीवन कारावासको सजाय सुनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनलाई यसअघि सन् २०१५ मा दुई हत्या अभियोगमा दोषी ठहर भई हाल सजाय काटिरहेका छन् । उनमा मनोवैज्ञानिक समस्या भएको हुनसक्ने जर्मन सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ८ : ०३ बजे

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि