अर्थमन्त्रीले भने– शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिने नै नआएपछि के गर्ने ? « Khabarhub

अर्थमन्त्रीले भने– शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिने नै नआएपछि के गर्ने ?


२३ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले शैक्षिक प्रामाणपत्र धितो राखेर युवाहरुले ऋण लिन नचाहेको बताएका छन् ।

प्रतिनिधिसभामा सासंदहरुले उठाएको प्रश्नको उत्तर दिँदै मन्त्री खतिवडाले नेपालका बौद्धिक–युवालाई लक्षित गरी ल्याएको कार्यक्रममा लक्षित वर्गले नै चासो नदेखाएको बताएका हुन् ।

विहीबार प्रतिनिधिसभामा सासंदहरुले प्रमाणपत्र धितो तथा ऋण प्रवाह कार्यक्रम किन प्रभावकारी नभएको भन्दै मन्त्री खतिवडालाई प्रश्न गरेका थिए ।  प्रतिउत्तरमा मन्त्रीले भने ‘हामीले सुहलियतमा ऋण दिने भनेकै हौं, दिनेहरु तयार छन् तर लिन तयार भएनन्’ उनले थपे ‘ऋण लिन्छु भन्दा बैंकले दिन नमानेको भन्ने हल्ला गाइगुई सुन्नमा आए, तर ठोस उजुर कसैले गरेनन् ।’

चालु आर्थिक वर्षको बजेटमा उच्च शिक्षा हासिल गरेका युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर सात लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने व्यवस्था गरिएको थियो ।

सरकारले बजेटमै योजना राखेपछि धेरै युवाहरु उत्साहित भएका थिए । तर बजेट कार्यन्यवनको नौं महिना वितासक्दा पनि उक्त योजनाबाट लाभान्वित हुनेको संख्या एकदमै न्यून रह्यो । हालसम्म जम्मा ६ जनाले मात्रै शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँ सहुलियत ऋण लिएको राष्ट्रय बैंकले जनाएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहिबार  ८ : २५ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा