नगरको योजनाबाट निजी प्लटिङमा बाटो निर्माण ? | Khabarhub Khabarhub

नगरको योजनाबाट निजी प्लटिङमा बाटो निर्माण ?


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागार्जुन नगरपालिकाले आफ्नो विकास योजनामा सार्वजनिक बाटो निर्माण कार्यलाई बेवास्ता गर्दै निजी प्लटिङका लागि सडक निर्माण गरेको पाइएको छ । सो नगरपालिकाले स्थानीय जनताका प्राथमिकतालाई छाडेर निजी जग्गा प्लटिङ गर्ने व्यापारीको स्वार्थअनुकूलका योजना निर्माण गरेको पाइएको राजधानी दैनिकमा खबर छ ।

स्थानीय वडाले योजना निर्माणका क्रममा प्लटिङ तथा निजी व्यक्तिको स्वार्थअनुरूपका योजना छनोट गरेको आरोप लगाएका छन् । वडा क्षेत्रका विभिन्न तीन स्थानमा प्लटिङ गरिएका जग्गा रहेका क्षेत्रमा नगरपालिकाको योजनाअन्तर्गत सडक निर्माणका काम भइरहेका छन् ।

स्थानीय रामबहादुर कुँवर भन्छन्, ‘स्थानीयका प्राथमिकताका काम छाडेर वडाले निजी स्वार्थका कामलाई प्राथमिकतामा राख्ने गरेको छ । इचंगुनारायण तथा ह्वाइट गुम्बा जस्ता महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल जाने सडक अलपत्र छन् । न त तिनको मर्मत सम्भार गरिएको छ न त स्तरोन्नत्ति नै ।’

नगरपालिकाका यी काम विवादित बनेको छ । निजी प्लटिङमा नगरपालिकाको लगानीमा सडक बनिरहेको यो विषयको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत छानबिनको क्रममा रहेको छ । नगरपालिकाका प्रवक्ता थुमराज केसीका अनुसार अख्तियारले यस सम्बन्धको जवाफ माग गरेको र नगरपालिकाले जवाफ लेखेर पठाएको छ ।

नागार्जुन नगरपालिका–३ मा योजना निर्माणका क्रममा सडक तथा बाँध निर्माणअन्तर्गत योजनाका नाममा बनेका अधिकांश योजना जनचाहनाभन्दा बढी प्लटिङ गरिएका जग्गाका लागि सडक निर्माण, निजी जग्गा संरक्षण र जग्गाको मूल्यवृद्धि गर्ने बाहेक जनअपेक्षाअनुरूपको काम हुन नसकेको कुँवरको भनाइ छ । कुँवरले वडाले रिटेलिङ वाल निर्माणलगायतका कामसमेत व्यक्तिगत स्वार्थअनुरूप गरेको दाबी गरे ।

नगरपालिकाले बजेट दिने भए पनि वडाबाट योजना छनोट हुनुपर्ने हुन्छ । स्थानीयले योजना छनोटका क्रममा वडाध्यक्ष प्रेमलाल श्रेष्ठले स्वार्थअनुकूल यस्ता योजना ल्याएको आरोप लगाए ।

ठेक्कामा नदिई उपभोक्ता समितिमार्फत काम गराइँदा सम्पन्न भएका योजना तथा चालू योजनाका कामको लागत कैयौं गुणा महँगो बन्न पुगेको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ६ : ४२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका