पाकिस्तानमा ७२ वर्षपछि हिन्दू मन्दिर खुल्यो « Khabarhub

पाकिस्तानमा ७२ वर्षपछि हिन्दू मन्दिर खुल्यो


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद-७२ वर्षअघिदेखि बन्द रहेको पाकिस्तानको एक हिन्दू मन्दिर खुलेको छ । पाकिस्तानको पञ्जाब प्रान्तको सियालकोट शहरमा रहेको शावला तीजा सिंह हिन्दू मन्दिर खुलेको हो । उक्त मन्दिर सन् १९४७ यता बन्द थियो ।

प्रधानमन्त्री इमरान खानको निर्देशनमा उक्त मन्दिर खोलिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । हिन्दू परम्परा अनुसार हवन् गरी उक्त मन्दिरलाई पुनः सञ्चालनमा ल्याइएको हो । हवन् समारोहमा ठूलो सङ्ख्यामा हिन्दू धर्मावलम्बीको सहभागिता थियो ।

अधिकारीको अनुसार भारत र पाकिस्तान टुक्रिने बेला सन् १९४७ देखि उक्त मन्दिर बन्द थियो । यद्यपि हिन्दू धर्मावलम्बीको मागबमोजिम प्रधानमन्त्री खानको निर्देशनमा मन्दिर ७२ वर्षपछि खोलिएको जनाइएको छ ।

धेरै नै लामो समयदेखि बन्द रहेकाले मन्दिरको अवस्था जीर्ण रहेको र यसको मर्मतका लागि समेत काम थालिने पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । मन्दिरमा भगवान्का मूर्ती भने भारतबाट ल्याइने छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ९ : ०७ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर