‘पेशेवर मगन्ते गिरोह’ का ७ चिनियाँ अष्ट्रेलियामा पक्राउ « Khabarhub

‘पेशेवर मगन्ते गिरोह’ का ७ चिनियाँ अष्ट्रेलियामा पक्राउ


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलबर्न– ‘पेशेवर मगन्ते गिरोह’ सञ्चालन गरिरहेको आशंकामा अष्ट्रेलियामा ७ चिनियाँ नागरिक पक्राउ परेका छन् । पर्यटन भिसामा अष्ट्रेलिया प्रवेश गरेका उनीहरुलाई मेलबर्न शहरको केन्द्रिय भागबाट नियन्त्रणमा लिइएको हो ।

उनीहरुले सडकमा आफूसँग केही नभएजस्तो स्वाङ पारी भिक माग्ने गरेको प्रहरीले जनाएको छ । यद्यपि उनीहरुलाई बस्न खानको कुनै समस्या नभएपनि उदार मेलबर्नबासीको दयालुपनको फाइदा उठाउँदै उनीहरुले भिख माग्ने गरेको अष्ट्रेलियाका सञ्चारमाध्यमले जनाएका छन् ।

पक्राउ पर्नेहरु ६५ देखि ७२ वर्ष उमेर समूहका छन् । अघिल्लो सोमबार र मंगलबार गरिएको कारवाहीका क्रममा उनीहरुलाई गिरफ्तार गरिएको तथा उनीहरुको साथबाट १००० अष्ट्रेलियन डलर, अष्ट्रेलियन मुद्रालाई चिनियाँ मुद्रामा विनिमय गरेको रसिद र अन्य दस्तावेज बरामद गरिएको जनाइएको छ ।

मेलबर्न शहर रहेको अष्ट्रेलियाको भिक्टोरिया राज्यमा भिख माग्न पाइन्न ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  १२ : ५७ बजे

मिटरब्याजी पीडितको समस्या समाधान गर्न प्रधानमन्त्री प्रचण्डको पहल

काठमाडौँ-मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न सरकारले पहल थालेको छ

पेट्रोल छर्केर महिलालाई आगो लगाउन खोज्ने पक्राउ

सुर्खेत- रुकुम पश्चिम प्रहरीले एक महिलालाई पेट्रोल छर्केर आगो लगाउन

टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

धादिङ- धादिङको थाक्रे गाउँपालिका ७ राम्चेमा टिप्पर दुर्घटना हुँदा चालकको

इँटाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मुत्यु

लहान – सिरहामा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मुत्यु भएको

मुगु केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौँ – मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।