अवरुद्ध मध्यपहाडी लोकमार्गको पर्वत-पोखरा खण्ड खुल्यो | Khabarhub Khabarhub

अवरुद्ध मध्यपहाडी लोकमार्गको पर्वत-पोखरा खण्ड खुल्यो


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- सडक माथिबाट आएको सुख्खा पहिरोका कारण आज बिहानदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गको पर्वत–पोखरा खण्ड खुलेको छ ।
कुश्मा नगरपालिका–८ स्थित दोविल्लामा सुख्खा पहिरो जाँदा बिहानदेखि सडक अवरुद्ध बनेको थियो ।

बिहान ७ बजेदेखि अवरुद्ध बनेको सडक केहीबेर अघिदेखि सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । निर्माणाधीन उक्त लोकमार्ग हिउँदको समयमा चक्ल्याउने क्रममा भिर काटिएको थियो । सोही ठाउँबाट पहिरो खसेको प्रहरीले जनाएको छ ।

अवरुद्ध सडक खुलाउन निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको स्काभेटर र प्रहरी परिचालन गरिएको थियो । ठूला-ठूला ढुङ्गा खसेका कारण तीन घण्टाभन्दा बढी सडक अवरुद्ध बनेको थियो । सडक अवरुद्ध हुँदा अलपत्र बनेका धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका लामो दुरीका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

यसैबीच प्रहरीले वर्षायाममा सडक अवरुद्ध हुनसक्ने भन्दै डोजर र प्रहरीलाई तयारी अवस्थामा राख्ने जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  १ : ०४ बजे

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला