आफन्तलाई काखी च्याप्दा वडाध्यक्ष दुई घण्टा कार्यकक्षमै थुनिए | Khabarhub Khabarhub

आफन्तलाई काखी च्याप्दा वडाध्यक्ष दुई घण्टा कार्यकक्षमै थुनिए


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलान्चोक- बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष दिलबहादुर श्रेष्ठ आफ्नो कार्यकक्षमै दुई घण्टा थुनिएका छन् । सडक स्तरोन्तिका लागि आफ्ना नजिक र नाताभित्रकै व्यक्तिलाई उपभोक्ता समितिमा गोप्य ढङ्गले राखेको आरोपमा स्थानीयले श्रेष्ठलाई शुक्रबार कार्यकक्षमै थुनेका हुन् ।

स्थानीयले शुक्रबार उनकै कार्यकक्षमा उपभोक्ता समितिबारे प्रश्न गर्दा वडाध्यक्ष श्रेष्ठले जवाफ दिन नसकेपछि विरोधस्वरुप कार्यकक्षमै थुनिएको स्थानीय भवनाथ तिमल्सिनाले बताए । उनले भने, ‘वडाध्यक्षले छलफल बिना गलत प्रक्रियाबाट आफ्ना नजिककालाई उपभोक्ता समितिका अध्यक्ष र अनुगमन समितिका अध्यक्ष तथा सडक उपभोक्ता नभएकालाई समितिका सदस्य बनाएका रहेछन्, हामीले यसबारे प्रश्न गर्दा उनले जवाफ दिन सकेनन् अनि केही समय कार्यकक्षमै थुनिदिएका हौँ ।’

सडक उपभोक्ता समिति निर्माणबारे स्थानीयले दुई दिनअघि मात्रै थाहा पाएको तिमल्सिनाले जानकारी दिए । वडाध्यक्षसँग आक्रोसित भीडले वडा कार्यालयको मूल ढोकामा तालाबन्दी गरेर हिडेपछि स्थानीय प्रहरीले दुई घण्टापछि मात्रै ताला खोलेका थिए ।

गेल्दुङ-गोल्माकोट पाँच किलोमिटर सडकमध्ये करीब चार दशमलब पाँच किलोमिटर सडकमा ग्राभेल गर्नका लागि वडाध्यक्ष श्रेष्ठले उपभोक्ता समितिका अध्यक्षमा कृष्णप्रसाद आचार्य तथा अनुगमन समितिमा आचार्यका नाताका भाईलाई अध्यक्ष बनाएका थिए । उक्त सडकखण्डको ४ सय मिटर सडकमा ३ नम्बर प्रदेश सरकारको बजेटमा ग्राभेल, डे«न वालसहित नाली निर्माण भइरहेको छ ।

गेल्दुङ-गोल्माकोट सडकखण्डका लागि कूल ५५ लाख बजेटमध्ये ४ सय मिटरमा ३५ लाखबाट ग्राभेल, ड्रेन वालसहित नाली निर्माण तथा ‘बीलो रकम’ करीब १९ लाखमा चार दशमलब पाँच किलोमिटर सडकमा ग्राभेल गर्न आफ्ना राजनीतिक सहयात्रीलाई र उनका आफन्तलाई अनुगमन समिति र उपभोक्ता नभएकालाई समितिमा राखिएको आरोप स्थानीयको छ ।

उपभोक्ता समितिको विवादपछि चार दशमलब पाँच किलोमिटर सडकमा शुक्रबारदेखि ग्राभेलिङको काम रोकिएको छ । वडाध्यक्ष श्रेष्ठले भने उपभोक्ता समितिले सम्झौता गरेको रकममा अपुग भएमात्रै आउँदो वर्षको बजेटबाट दिने भनिएको बताए ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  १ : ४९ बजे

शीतलहरले तराईको जनजीवन प्रभावित

जलेश्वर – विगत पाँच दिनदेखि अविरल रुपमा चिसो स्याँठ चल्नुका

पृथ्वी जयन्तीको चियापानमा प्रधानमन्त्रीलाई राप्रपाको निम्तो

काठमाडौं – राष्ट्रिय प्रजतन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसरमा भृकुटीमण्डमा आयोजना

हुम्लाको खार्पुनाथमा औषधी अभाव

सिमकोट- हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधी अभाव भएको छ। गाउँपालिकाभित्र रहेका

वडाध्यक्षको तरकारीखेती मोह

कञ्चनपुर – शुक्लाफाँटा-३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा

अस्ट्रेलियाका कप्तान कुमिन्सले च्याम्पियन्स ट्रफी गुमाउने

अस्ट्रेलिया – कुहिनमा लागेको चोटका कारण अस्ट्रेलियाका क्रिकेट कप्तान प्याट