क्यालिफोर्नियामा पुनः शक्तिशाली भूकम्प « Khabarhub

क्यालिफोर्नियामा पुनः शक्तिशाली भूकम्प


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लस एन्जल्स– अमेरिकाको क्यालिफोर्निया राज्यमा पुनः शक्तिशाली भूकम्प गएको छ ।

क्यालिफोर्नियाको लस एन्जल्स शहरबाट २४० किलोमिटर टाढा रहेको रिजक्रेस्ट शहरनजिक ९०० मिटरको गहिराइलाई केन्द्रविन्दु बनाएर ७.१ म्याग्निच्यूडको भूकम्प भएको हो ।

गत बिहीबार पनि सोही क्षेत्रमा ११ किलोमिटरको गहिराइलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

पछिल्लो भूकम्पको धक्का क्यालिफोर्नियाका प्रमुख शहरहरुसहित नेभादा राज्य र मेक्सिकोको सीमासम्म महशुस गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पले क्यालिफोर्नियाको एक स्थानमा आगलागी भएको, केही मानिसहरु घाइते भएको र केही परिवार विद्युत तथा सञ्चारको सुविधाबाट बञ्चित भएको सामान्य घटनाबारे जानकारी आएको त्यहाँका अधिकारीले जनाएका छन् ।

त्यसबाहेक भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण भने सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  २ : २२ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज