मोबाइल तातेर हैरान हुनुन्छ ? यस्तो उपाय अपनाउनुस् « Khabarhub

मोबाइल तातेर हैरान हुनुन्छ ? यस्तो उपाय अपनाउनुस्


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

आजभोलि स्मार्ट फोन सबैको हात हातमा हुन्छ । स्मास्ट फोनले मानिसको दैनिकी पनि सहज बनाएको छ । फोनमा कुराकानी गर्न मात्र नभएर बिभिन्न एप्सहरुको माध्मयबाट धेरै कुराहरुमा सहजता भएको छ ।

तर स्मार्ट फोन लामो समय चलाउँदा तात्ने समस्याबाट प्रयोगकर्ता हैरान हुने गरेका छन् । महंगो मूल्यमा खरीद गरिएको मोबाइलसमेत तात्ने गरेका छन् । त्यबाट बच्नका लागि केही उपायहरु रहेका छन् ।

कभर नराख्ने

स्मार्टफोन प्रयोगकर्ताले फोनको सुरक्षाका लागि कभर राख्ने गरेका छन् । गर्मीको मौसममा घाममा हिड्नु परेमा फोनको कभर झिकेर बोक्ने । कभरले फोनमा अतिरक्त हावा र्छिनबाट रोक्छ र फोन छिटै तातिन्छ ।

डिभाइसहरुलाई छुट्टै राख्ने

गर्मीको समयमा तपाईसँग दुईवटा डिभाइस छ भने त्यसलाईसँगै राख्नु हुँदैन । दुई डिभाइसलाई एकै स्थानमा राखिएमा एकअर्काको सम्पर्कमा तापक्रम छिटो बढ्छ । धेरै मानिसहरुले ब्याअप र मोबाइलसँग राख्ने गरेका छन् । यस्तो गरिमा पनि मोबाइबल फोन सेलाउन पाउँदैन ।

एप्स र सर्भिस बन्द गर्ने

यदि फोनको ब्लूटूथ, एलटीई, वाई–फाई र जिपिएस प्रयोग नभएको अवस्थामा बन्द गर्ने । यी एप्स र सर्भिस खुल्लै राखिएमा फोनको सिस्टम चल्ने भएकाले फोन छिटै तात्छ ।

घाममा फोन नचालउने
घाममा बसेर फोन चलाउँदा फोन छिटै तात्छ । त्यसैले घामको प्रत्यक्ष सम्र्पक आउने स्थानमा सकभर फोनको प्रयोग कम गर्ने ।

चार्चबाट झिक्ने बित्तिकै नचलाउने
फोन चार्च गर्दा फोन तात्छ । त्यसैले, चार्चबाट झिक्ने बित्तिकै फोनको प्रयोग गर्दा झनै छिटो तात्छ ।

गेम धेरै नखेल्ने
अन्य कार्यको तुलनामा फोनमा गेम खेल्दा फोन छिटै तात्छ । भिडियो हेर्दा, गीत सुन्दा भन्दा गेम खेल्दा फोनको तापक्रम बढ्नेका साथै ब्याट्रि पनि छिटो सकिन्छ ।

लामो समय खल्तीमा नराख्ने

हामीमध्ये धेरैको फोन खल्तीमा राख्ने गरेका छौं । घर वा अफिसमा बस्दा फोन खुल्ला ठाउँमा राख्नुपर्छ । फोन खल्तीमा राख्दा शरिरको तापक्रम फोनको सम्पर्कमा आउँछ । जसका कारण फोन सेलाउन पाउँदैन ।

चार्जरको प्रयोग
तपाईँको चार्जर केबल र एडप्टर डुप्लिकेट छ भने पनि मोबाइलो ब्याट्रीलाई अत्यादिक तताउँदछ। त्यसैले सकेसम्म डुप्लिकेट केवलको प्रयोग नगर्दै उचित हुन्छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  २ : ४५ बजे

पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

भोजपुर– भोजपुरको पौवादुङ गाउँपालिकामा रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन