अमेरिकामा बस्ने नेपालीलाई मुख्यमन्त्रीको आह्वान– विकास र समृद्धिको महाअभियानमा साथ दिनुहोस् « Khabarhub

अमेरिकामा बस्ने नेपालीलाई मुख्यमन्त्रीको आह्वान– विकास र समृद्धिको महाअभियानमा साथ दिनुहोस्


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश विकासका लागि संसारभर छरिएर रहेका नेपालीको भावनालई समेटेर अगाडि बढ्ने बताएका छन् ।

मुख्यमन्त्री राईले नेपालको तीव्र विकासका लागि संसारभर रहेका नेपाली एक भएर अगाडि बढ्नसमेत आह्वान गरेका छन् ।

अमेरिकाको बाल्टिमोरमा शुरु भएको नेपाली राष्ट्रिय सम्मेलनको पहिलो दिनको कार्यक्रममलाई शुक्रबार सम्बोधन गर्दे मुख्यमन्त्री राईले देशको विकास र जनताको समृद्धिका लागि संसारभर छरिएर रहेका नेपाली एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

“नेपालमा लगानी गर्ने वातावरण बन्दै गइरहेको छ, हामी नेपालमा लगानी आकर्षित गराउन चाहन्छौँ”, मुख्यमन्त्री राईले भने । नेपाली मन र भावनालाई नेपाल राष्ट्र निर्माणको महान अभियानमा जोड्न् आफूहरु लागि रहेको मुख्यमन्त्री राईको भनाइ थियो ।

“नेपाल विकास र समृद्धिको महाअभियानमा अगाडि बढिसकेको छ”, मुख्यमन्त्री राईले भने“यो अभियानमा तपाईहरुको पनि योगदान आवश्यक छ ।”

विगतमा नेपाल विभिन्न कारणले पछि परेको भए पनि यतिबेला नेपाल तीव्र गतिमा अगाडि बढिरहेको मुख्यमन्त्री राईले बताए ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ३ : ११ बजे

यूएईको तेल टर्मिनलमा हमला हुँदा भारतीय जहाज प्रभावित, कर्मचारी सुरक्षित

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्वको प्रभाव खाडी क्षेत्रसम्म

कांग्रेसले निर्वाचन आयोगमा बुझायो २० समानुपातिक सांसदको सूची

काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकतर्फ प्राप्त सिटअनुसार आफ्नो पार्टीबाट चयन

मेचीनगरको अस्पतालमा रेबिजविरुद्धको सुई अभाव

झापा – मेचीनगर नगरपालिकास्थित सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप (एन्टी रेबिज

नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

काठमाडौं – कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका

रुसी तेल पाइपलाइन खोल्न इयूको दबाब ‘ब्ल्याकमेल’ भएको जेलेन्स्कीको भनाइ

किएभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना युरोपेली सहयोगीहरूलाई रुसी