सोमबारसम्मको मौसम पूर्वानुमान– मेघ गर्जनसहित वर्षा « Khabarhub

सोमबारसम्मको मौसम पूर्वानुमान– मेघ गर्जनसहित वर्षा


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले मौसममा वदलि भइ मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले शनिवार(आज) राति देशका पश्चिमी भू(भागमा सामान्य देखि पूर्ण बदलि रहि पूर्वी र मध्य नेपालका भु(भागमा आंशिक देखि सामान्य बदली रहने जनाएका छ ।

देशका पश्चिमी भू(भागका धेरै स्थानहरूमा वर्षाको सम्भावना रहेको विभागले पूर्वानुमान गरेको छ । शनिवार राति पूर्वी र मध्य नेपालका भु(भागमा मेघ गर्जन सहितको हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । काठमाडौं उपत्यकाका धेरै स्थानमा शनिवार(आज) साँझ वर्षा भएको छ ।

विभागका अनुसार आइतवार दिउँसो देशभर सामान्य बदलि भई केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै आइतवार राति देशभर सामान्य बदलि भई केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सोमवार दिउँसोपनि देशभर सामान्य बदलि भई केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
सोमबार राति देशभर सामान्य बदलि केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान रहेको छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ७ : ३६ बजे

काठमाडौँका पर्यटकीय क्षेत्रमा चहलपहल (तस्बिरहरू) 

काठमाडौँ– भोटेकोशी र बुढिगण्डकी बाढी पछि पनि नेपालमा पर्यटक आगमनको

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ