६ महीने बालिकाको उपचारका क्रममा मृत्युपछि अस्पतालमा तनाव « Khabarhub

६ महीने बालिकाको उपचारका क्रममा मृत्युपछि अस्पतालमा तनाव


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटीको दिपायल राजपुरमा रहेको सुजङ अस्पतालमा शनिवार साँझ ६ महीने बालिकाको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको छ ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक कमलापति पन्तका अनुसार जिल्लाको शिखर नगरपालिका–१ कपल्लेकी टीका ऐरको छ महीने छोरी राधिकाको मृत्यु भएको हो ।

केही दिन पहिले घरमा निमोनिया ज्वरोले थला परिकी निज बालिकालाई उपचारका लागि आज उक्त अस्पतालमा ल्याइएको थियो ।

अस्पतालमा चिकित्सकको लापरवाहीका कारण बालिकाको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा नाराबाजी गरिरहेको प्रहरीले जनाएको छ । सुजङ अस्पतालका स्वास्थ्यकर्मी अर्जुन बलायरले आफ्नोतर्फबाट उपचारका क्रममा कुनै लापरवाही नभएको दाबी गरे । उनले भने, “निज बालिकालाई १०४ डिग्री निमोनिया ज्वरोले सताएको थियो, हामीले यहाँ उपचार सम्भव छैन बाहिर लैजान आग्रह गरेका थियौँ तर परिवारले लगेनन्, अहिले ज्यान गएपछि दोष हामीलाई दिन थालेका छन् ।”

अस्पतालमा मृतकका आफन्तले नाराबाजी गर्न थालेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतकका आफन्तले चिकित्सकको लापरवाहीका कारणले बालिकाको ज्यान गएको भन्दै क्षतिपूर्तिसहितको माग गरेको बताइएको छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ९ : ३० बजे

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

नागढुंगाबाट ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडाैं – पूर्वी नाका काकडभिट्टाबाट काठमाडौँ आउँदै गरेका दुई भारतीय

मनसुन थप सक्रिय हुँदै, आगामी हप्ता धेरै ठाउँमा वर्षा हुने

काठमाडौं – कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने