मध्यपहाडी लोकमार्ग भासियो « Khabarhub

मध्यपहाडी लोकमार्ग भासियो


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिवाङ सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमानामा बनेको कृत्रिम ताल आसपासमा सडक भासिएको छ । सो ठाउँमा पहिरोसमेत खसेको छ ।

वर्षासँगै तालमा पानीको मात्रा बढेपछि मध्यपहाडी लोकमार्ग लगातार कटान भइरहेको छ । कतिपय स्थानमा सडक भासिन थालेको छ ।

कृत्रिम ताल फुट्न सक्ने खतरा रहको स्थानीयवासीले बताएका छन् । पहिरोका कारण मध्यपहाडी लोकमार्गसमेत अवरुद्ध हुन थालेको स्थानीयवासी दिनेश शर्माले बताए । “सडक भासिने र पहिरो खस्ने जोखिम बढेको छ”, उनले भने ।

गत वर्ष भदौमा पहिरो खस्दा बडिगाडखोला थुनिएर तीन सय मिटर क्षेत्रमा ताल बनेको थियो । सो क्षेत्रमा पहिरो खसे ढोरपाटन नगरपालिकाको भाग डुबानमा पर्ने तथा ताल फुटे बडिगाडलगायत गुल्मीका तटीय क्षेत्रमा क्षति पुग्ने देखिएको भीमगिठे प्रहरी चौकीका प्रहरी नायब उपरीक्षक ऋनबहादुर वैदारले बताए ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ९ : ०५ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले