जम्मू-कश्मीरको विशेषाधिकार खोस्ने निर्णयको विरोध « Khabarhub

जम्मू-कश्मीरको विशेषाधिकार खोस्ने निर्णयको विरोध


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जम्मू-कश्मीरलाई दिइएको विशेषाधिकार खोस्ने निर्णयको विरोध हुन थालेको छ । भारतीय सरकारको गरेको निर्णय जम्मू-कश्मीरका लागि दु:खद भएको विभिन्न नेताहरुले टिप्पणी गरेका छन् ।

सक्रिय राजनीतिमा रहेका तथा आफ्नै घरमा नजरबन्दमा राखिएका नेताले पनि यो निर्णयको विरोध गरेका छन् । केहीले यो निर्णयलाई कालो दिनका रुपमा पनि व्याख्या गरेका छन् । पूर्वमन्त्री महबुबा मुफ्तीले भारतीय सरकारको यो निर्णयलाई शब्दले वर्णन गर्न नसक्ने गरी स्तब्ध भएको बताएकी छन्।

उनले गाजा क्षेत्रमा इजरेल जस्तै अब भारत पनि कश्मीरमा ‘अतिक्रमणकारी फौज’ हुने बताइन्। उनले भनिन्, “मलाई लाग्छ आज भारतीय प्रजातन्त्रको सबैभन्दा कालो दिन हो।”

“हामी जो कश्मीरको नेतृत्वमा छौँ, जसले ठूलो आशमा भारतसँग मिलेर दुई राष्ट्र सिद्धान्तलाई अस्वीकार गरेका थियौँ आज लाग्छ पाकिस्तानको सट्टा भारत रोजेकोमा हामी गलत थियौँ।”

कश्मीरको भूभाग दाबी गर्दै आएको पाकिस्तानले भारतीय निर्णयको कडा निन्दा गरेको छ। उसले भारतको निर्णयलाई खतरनाक खेलको सङ्ज्ञा दिएको छ।

इस्लामाबादस्थित विदेश मन्त्रालयले भनेको छ, उसले यो निर्णयको विरोधमा सबै सम्भाव्य विकल्पको अभ्यास गर्नेछ। कश्मीरको विशेष हैसियत उल्टाउने कदमलाई उसले ‘अवैधानिक’ भन्दै उक्त क्षेत्र अन्तर्राष्ट्रिय रूपमै विवादित भनी चिनिएको बताएको बीबीसीले उल्लेख गरेको छ।

पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरैशीले भने, “भारतले निकै खतरनाक खेल खेलेको छ। यसको असर पूरै क्षेत्रमा निकै भयानक हुन सक्छ।” उनले आफ्ना प्रधानमन्त्री इमरान खानले कश्मीर मुद्दालाई समाधानतर्फ डोर्‍याउन चाहेको तर भारतले त्यसलाई जटिल बनाइदिएको बताए।

उनको भनाइमा भारतको निर्णयले कश्मीरीहरूलाई पहिलेभन्दा बढी ‘कैद’ गरिदिएको छ। उनले भने, “हामीले यो मुद्दाबारे संयुक्त राष्ट्रसङ्घलाई सूचित गरिदिएका थियौँ। इस्लामिक देशहरूलाई पनि पनि जानकारी गराएका छौँ। सबै मुस्लिम मिलेर कश्मीरीको कुशलताको कामना गरौँ। पाकिस्तानी जनता पूर्ण रूपमा कश्मीरीहरूको साथ छौँ।”

पाकिस्तान प्रशासित कश्मीरमा प्रदर्शनकारीहरूले कालो झण्डा बोकेर भारत विरोधी नारा लगाउँदै विरोध जनाएका छन्।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ६ : ५४ बजे

परराष्ट्रमन्त्री खनाल र सुडानी राजदूत एल्टोमबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत

जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ-  जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका

कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

महेन्द्रनगर- सुदूरपश्चिम विश्वविद्यालयले पाँच सङ्कायका डीनसहित विभिन्न पदमा पदाधिकारी नियुक्त गरेको

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर–  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा