कमरेडसँग डाक्टरको प्रगतिशील विवाह चर्चामा « Khabarhub

कमरेडसँग डाक्टरको प्रगतिशील विवाह चर्चामा


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाको केन्द्रीय कार्याले परिसडाँडामा भएको एक जोडीको प्रगतिशील विवाह चर्चामा छ ।

सत्तारूढ नेकपा निकट अनेरास्ववियूका नेता नरेश रेग्मी र डा.क्षमता सुवेदीले नेकपाको केन्द्रीय कार्यालय पेरिसडांडामा प्रगतिशील विवाह गरेका हुन् ।

एउटा व्यानर टागिएको थियो जहाँ लेखिएको थियो- प्रगतिशील विवाह कार्यक्रम । एकतिर थियो, वर नरेश रेग्मी शर्माको तस्वीर त अर्को तिर थियो बधु क्षमता सुवेदीको तस्वीर ।

एकातिर कमरेड र अर्को तिर डाक्टर लेखिएको थियो । वर रेग्मी साविक माओवादी केन्द्र निकटको अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव हुन् भने वधु सुवेदी क्रान्तिकारीकी समर्थक हुन् ।

विवाह समारोहको आयोजना अनेरास्ववियू केन्द्रीय कमिटीले गरेको हो । झापा दमककी सुवेदी र दाङ तुलसीपुरका रेग्मीलाई वधाई दिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा , नेतृ पम्फा भुषाल, राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहाल लगायतका नेताहरु उपस्थित भएका थिए ।

उपस्थित दर्शकले जोडदार ताली बजाए । वरवधु दुवैले एकअर्कालाई फूलको माला लगाए । विवाह सकियो । विवाहको फजुल खर्चवाट बचेको रकम वरवधुका आफन्तले सामाजिक कार्यका लागि खर्च गर्ने जनाएका छन् । उनीहरूले विभिन्न पाँचवटा सामाजिक तथा शैक्षिक संस्थालाई उक्त रकम हस्तान्तरण गर्ने घोषणा गरेका छन् ।

झापाको दमक वहुमुखी क्याम्पसका जेहेन्दार विद्यार्थीका लागि ५० हजार, झापाकै दमक अपाङ्ग सहयोग समितिलाई ५० हजार, झापाकै बालवृद्ध आश्रमका लागि ५० हजार, झापाकै माओवादी अध्ययन केन्द्रको पुस्तकालयलाई १० हजार बराबरका पुस्तक र पब्लिक लाइब्रेरीलाई १० हजार बराबरका पुस्तक दिने घोषणा वरवधुका आफन्तका तर्फबाट वेहुलीकी आमा राधिका ओझाले गरेकी छिन् ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ८ : १५ बजे

आजका समाचार : मध्यरातिदेखि मौन अवधि, मतदाता तान्ने दलहरूको अन्तिम प्रयास, चुनावले पहाडको होली खल्लो र मध्यपूर्वमा ज्यान गुमाउने ६ सय नाघे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्स् आकस्मिक परिस्थितिका लागि कदम

बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान केन्द्र

ढोरपाटन– बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८

मतदानपछि मतपेटिका खोल्नु अघि राष्ट्रिय सम्वाद आवश्यक : कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन केवल सरकार परिवर्तन

आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध

पाटन– नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक