दुगड दम्पत्तीको ५० औं वैवाहिक स्वर्ण जयन्ती भव्य मनाइयो « Khabarhub

दुगड दम्पत्तीको ५० औं वैवाहिक स्वर्ण जयन्ती भव्य मनाइयो


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एम्. भि. दुगड ग्रुपका कर्मचारीहरुले दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड र उनकी धर्मपत्नी सरोज दुगडको ५० औं वैवाहिक स्वर्ण जयन्ती भव्य रुपमा मनाएका छन् ।

काठमाडौंको ह्यात होटेलमा आयोजना गरिएको विवाह स्वर्ण जयन्ती कार्यक्रममा कर्मचारीहरुले दम्पत्तीलाई बग्गी सवार गराई वरमाला सहित पुनः विवाहको कार्यक्रम सम्पन्न गरेका हुन् ।

दौरासुरुवाल तथा ढाँका टोपीमा सजिएका उनीहरुले पञ्चबाजा तथा ब्याण्डबजासहित सांस्कृतिक कार्यक्रम आयोजना गरी उपस्थितहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले कर्मचारीबाट पाएको माया र सम्मानले आफूलाई भावूक बनाएको बतए । उनले कर्मचारीहरुमा रहेको प्रतिभाले आफूलाई गौरवान्वित बनाएको बताए ।

उपाध्यक्ष विवेक दुगडले आफ्ना बुबा–आमाप्रति दुगड ग्रुपका कर्मचारीहरुले देखाएको सम्मानको खुलेर तारिफ गरे ।

 

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ११ : ४१ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि