बैंक तथा वित्तीय संस्थालाई दिइएको बीमा अभिकर्ताको अनुमति खारेज « Khabarhub

बैंक तथा वित्तीय संस्थालाई दिइएको बीमा अभिकर्ताको अनुमति खारेज


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिइएको बीमा अभिकर्ताको अनुमति खारेज गरिदिएको छ । मौद्रिक नीतिलाई सम्बोधन गर्न सोमबार केन्द्रीय बैंकले जारी गरेको एकीकृत निदेशिकामा बैंकहरुलाई बीमा कम्पनीको बीमा अभिकर्ताको रुपमा दिइँदै आएको अनुमति खारेज गरेको हो ।

कर्जा प्रवाहमा ऋणी आफैले छानेको कम्पनीमा बीमा गर्न भने काम गर्ने निर्देशिकमा उल्लेख गरिएको छ ।

बैंकले सोमबार जारी गरेको एकीकृत निर्देशिकाअनुसार बैंकहरुले बीमा कम्पनीहरुको बीमा लेख बिक्री गर्ने नपाउने व्यवस्था गरेको छ । बीमा अभिकर्ताको अनुमति नदिने नीति तर्जुमा गरेको नेपाल राष्ट्र बैंकले बाणिज्य तथा विकास बैंकहरुलाई यसअघि दिँदै आएको बीमा अभिकर्ताहरु पनि खारेज हुने जनाएको छ ।

बैंकले बैंक तथा वित्तीय सम्बन्धी ऐन, २०७३ को दफा ४९ उपदफा (१) ले गरेको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका क्रममा ऋणीले छनोट गरेको बीमा कम्पनीबाट मात्रै कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पत्ति वा बिना धितो कर्जा परियोजनाको मात्रै बीमा गारउन सकिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  १ : ०५ बजे

‘कृषि अर्थतन्त्रको विकासमा ज्यापु समुदायको भूमिका महत्वपूर्ण’ 

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले मेहनती र इमानदार समुदायका रूपमा परिचित

देशभरका नेवार समुदाय योमरी पुन्ही मनाउँदै

भक्तपुर– घरघरमा योमरी पकाएर देशभरका नेवार समुदाय बिहीबार योमरी पुन्ही

सिधुवा शुक्रबारे ओख्रे १६ किलोमिटर सडक कालोपत्रे 

तेह्रथुम- धनक्टाको सिधुवा शुक्रबारे ओख्रे १६ किलोमिटर सडक कालोपत्रेको तयारी

भीम अस्पतालको सेवामा सुधार 

बेलहिया– रूपन्देहीको सिद्धार्थनगरस्थित भीम अस्पतालको सेवामा उल्लेखनीय सुधार देखिएको छ

१६ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – १६ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक