फिफा विश्वकप छनोट खेल्ने नेपाली टोलीका लागि प्रारम्भिक चरणमा ३१ खेलाडी छानिए « Khabarhub

फिफा विश्वकप छनोट खेल्ने नेपाली टोलीका लागि प्रारम्भिक चरणमा ३१ खेलाडी छानिए


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को तयारीमा रहेको पुरुष फुटबल टोलीका लागि ३१ जना खेलाडी प्रारम्भिक छनोटमा परेका छन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले म‌ंगलबार प्रारम्भिक चरणमा ३१ सदस्सीय नेपाली टोलीको घोषणा गरेका छन् ।  कालिनले प्रशिक्षणमा बोलाइएका ३६ खेलाडी मध्येबाट प्रारम्भिक चरणमा ३१ खेलाडी छनोट गरेका हुन् ।

पहिलो चरणमा प्रशिक्षक कालिनले ५ खेलाडीलाई टिम बाहिर राखेका छन् ।  मनाङ–मर्स्याङ्दी क्लबका डिफेन्डर कमल श्रेष्ठसहित युवा खेलाडी नितिन थापा, सेसेहाङ आङ्देम्बे, अमित तामाङ र मिक्चेन तामाङ टिमबाट बाहिरिएका छन् ।

जसमध्ये कमल श्रेष्ठ बाहेकका ४ जना खेलाडीले अब यु–२३ टोलीको अभ्यासमा सहभागीता जनाउने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

विश्वकप छनोटमा नेपाल समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपे रहेका छन् ।

प्रारम्भिक चरणमा छनोट भएका ३१ खेलाडी :

कप्तान विराज महर्जन, किरण चेमजोङ, विकेश कुथु, विक्रम लामा, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ, विशाल राई, अन्जन बिष्ट, रञ्जित धिमाल, सन्तोष तामाङ, विमल राना, एलेन न्यौपाने, अजित भण्डारी, अभिषेक रिजाल , रभि सिलवाल, सरोज दहाल, तेज तामाङ, सुमन अर्यान, देवेन्द्र तामाङ, रभि पासवाङ, अनन्त तामाङ, सुनिल बल, सुभाष गुरुङ, दिनेश राजवंशी, हेमन गुरुङ, विशाल श्रेष्ठ, विमल पाण्डे, त्रिदेव गुरुङ, भरत खवास, विमल घर्ती मगर र रोहित चन्द

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  २ : १९ बजे

गाईभैँसीमा थुनेलो रोग

पर्वत– भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले किसानको गोठमै पुगेर

बारम्बार बिरामी भइरहनुहुन्छ ? हुन सक्छ इम्युन प्रणालीको समस्या

के तपाईंलाई बारम्बार ज्वरो आउने वा एलर्जी हुनेजस्ता लक्षण देखिएका

विद्यार्थीसँग एमाले अध्यक्ष ओली

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा

जनकपुरधाम महोत्सव : मैथिली सांस्कृतिक पुनर्जागरणको उत्सव

काठमाडौं–  ‘जनकपुरधाम केवल एउटा सहर होइन, यो आफैँमा जीवित सङ्ग्रहालय

पुराना प्रतिबद्धताको हिसाब माग्दै सिरहाका मतदाता

सिरहा– आगामी प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा सिरहाका गाउँबस्तीमा चुनावी रौनक