सावधान ! हवाई यात्रा गर्दै हुनुहुन्छ ? भुलेर पनि नगर्नुस् यी १० गल्ती « Khabarhub

सावधान ! हवाई यात्रा गर्दै हुनुहुन्छ ? भुलेर पनि नगर्नुस् यी १० गल्ती


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

मानिसहरु विभिन्न काम विशेषले यात्रा गरिरहेका हुन्छन् । कहिले पैदल यात्रा, त कहिले यातायातमा त्यतिमात्र नभएर मानिसहरु हवाई यात्रा पनि गरिरहेकै हुन्छन् ।

यात्रा जुनसुकै क्षेत्रको भएपनि सजक र सचेत हुनु जरुरी रहन्छ । त्यसमध्ये पनि हवाई अर्थात् फ्लाइट यात्राका क्रममा तपाईले केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । हवाई यात्राका क्रममा के के केरामा ध्यान दिने ?

१. हवाई यात्राका क्रममा छोटा कपडा लगाउनु उचित मानिदैन । कतिपय देशमा छोटो कपडा लगाएका कारण जहाज चढ्न नदिएको विभिन्न उदाहरण छन् ।

२. प्लेनमा टाइट कपडा नलगाउनु होला किनकि फ्लाइटमा सीट बेल्ट लगाएर घन्टौंसम्म एकै स्थानमा बस्नु पर्ने हुँदा यस्तो अवस्थामा तपाइको रक्तसंचारमा निकै समस्या आउन सक्छ । यसकै कारण तपाईलाई पछीसम्म शारीरिक समस्या झेल्नुपर्ने हुनसक्छ ।

३. प्लेनमा जाँदा धेरै सेन्ट (परफ्युम) नहाल्नुस् । यसको कारण तपाइँ नजिकै बस्नेको स्वासप्रस्वासमा समस्या आउन सक्छ । तपाइँ आफैलाई पनि यसले समस्या नपार्ला भन्न सकिन्न ।

४. प्लेनमा हाई-हिल्स नलगाउनुस् । यसले खुट्टा दुख्ने समस्या आउनसक्छ । त्यसमाथि पनि टर्मिनलमा बढी हिड्नुपर्ने भयो भने झनै समस्या हुन्छ ।

५. बाक्लो ज्याकेट नलगाउनु राम्रो हुन्छ । किनकी प्लेनमा तापक्रम परिवर्तन भईरहन सक्छ । बोक्न सहज हुन्छ भने बरु ज्याकेट बोक्दा हुन्छ तर आवश्यक परेको बेलामा मात्र लगाउन सक्नुहुन्छ ।

६. हवाई यात्राका क्रममा आउ-जाउ हुने कपडा नै राम्रो हुन्छ । साथै कपडाले सरिरबाट निस्कने म्वैस्चर सोस्ने खालको हुनु राम्रो हुन्छ । कटन, सिल्क वा लिनेन फेब्रिक कपडा लगाउनु राम्रो हुन्छ ।

७. खुट्टामा मोजा वा स्कटिंग नलगाउनु राम्रो हुन्छ । विशेष गरी गर्भवती महिलाहरुले यो कुरा ख्याल गर्नुपर्छ । यसको कारण ब्लड सर्कुलेशन अझै रोकिन सक्छ ।

८. प्लेनमा पाईजामा नलगाउनुस्, यो जति लगाउन सहज भएपनि यो घरकै लागि हो । यदि रातको समयको फ्लाईट छ र फ्लाइटमै सुत्नुपर्ने छ भने मात्र पाईजामा लगाऊनुस तर घुम्दा नलगाएकै राम्रो ।

९. केही मानिसहरु प्लेनमा मोजा फुकालेर बस्छन तर तपाइको मोजा गनाउने छ भने भुलेर पनि त्यसो नगर्नुस् । यसको कारण तपाइलाई अरुले घृणा गर्छन ।

१०. प्लेन भित्र हावा ड्राई हुन्छ । ह्युमिडीटी पनि १०-२० प्रतिशत बढी हुन्छ । यसैले चस्मा लगाउनु राम्रो हुन्छ ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ५ : २१ बजे

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ