रेडियो नेपालबाट मैथिली र भोजपुरी प्रशारण रोकिनु संविधानविरोधी : प्रभु साह « Khabarhub

रेडियो नेपालबाट मैथिली र भोजपुरी प्रशारण रोकिनु संविधानविरोधी : प्रभु साह


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद प्रभु साहले रेडियो नेपालको केन्द्रिय प्रशारणबाट मैथिली र भोजपुरी भाषाको कार्यक्रम बन्द गरिएकोमा आपत्ति जनाएका छन् ।

मङ्गलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिई बोल्दै नेकपा प्रदेश नम्बर २ का अध्यक्षसमेत रहेका सांसद साहले संवैधानिक मान्यतालाई लत्याउँदै रेडियो नेपालले उक्त कार्य गरेको भन्दै कारबाहीको माग गरेका छन् ।

काठमाडौँको इतिहाससँग जोडिएको मैथिली भाषा रेडियो नेपालको विराशत भएको सांसद साहको भनाई छ । मैथिली र भोजपुरीलाई केन्द्रीय प्रशारणबाट हटाउनु भनेको इतिहास र अहिलेको अवस्थालाई बिर्सिनु रहेको भन्दै सांसद साहले वर्तमान आवश्यकता र रेडियो नेपालको विराशतलाई तोड्ने कोशिश गर्नेलाई कारबाहीको माग गरे । साथै सांसद साहले यसबारे सरकारको धारणाको स्पष्ट धारणा पनि मागेका हुन् ।

‘लामो समयदेखि प्रशारण हुँदै आएको मैथिली र भोजपुरी भाषा साउनबाट बन्द भएको छ । १२ प्रतिशत बोल्ने मैथिली २०४९ सालदेखि निरन्तर प्रशारणमा थियो । समाचारमा दैनिक ५ मिनेट र सप्ताहमा १ घण्टाको कार्यक्रम अहिलेको परिवर्तनपछि बढ्नुपर्ने हो ।’ बैठकलाई सम्बोधन गर्दै सांसद साहले भने, ‘त्यसको साइज बढाउनुपर्ने हो तर बन्द गरिएको छ । भोजपुरी पनि बन्द गरिएको छ । यसरी नेपालको दोस्रो र तेस्रो भाषा जो नेपालको राष्ट्रिय भाषा हुन् । मैथिली २०४९ र भोजपुरी २०५१ सालदेखि रेडियो नेपालले प्रशारण गर्दै आएको थियो र साउन १ देखि बन्द भएको छ । म जान्न चाहन्छु त्यो किन बन्द गरिएको छ ?’

सांसद साहले थपे, ‘रेडियो नेपालको इतिहास एउटा गौरवले भरिएको इतिहास हो । प्रजातान्त्रिक आन्दोलनसँगै स्थापना भएको रेडियो नेपाल आफैँमा समावेशी समानुपातिक सिद्धान्तको प्रतिनिधित्व गर्दथ्यो । अहिले नेपालको संविधानले समावेशी समानुपातिकलाई झन संवैधानिक मान्यता दिइसकेको अवस्थामा त्यसको विपरीत जुन काम त्यहाबाट भएको छ त्यो गैरसंवैधानिक हो । परिवर्तनको मर्म र जनताको चाहना विपरीत हो ।’

मैथिली र भोजपुरी भाषा कुनै प्रदेशमा सीमित नभएको बताउँदै उनले भने, ‘ तर जुन किसिमले यसलाई प्रशारणबाट हटाइएको हो, त्यो वर्तमान अवस्थाको विरुद्ध हो र रेडियो नेपालको विराशत तोड्ने षड्यन्त्र हो । यस्ता कोशिशलाई कारबाही हुनुपर्छ र यसबारे सरकारको धारणा जान्न चाहन्छौँ ।’

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ५ : ३६ बजे

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

बाँके– नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय

पश्चिम नवलपरासीमा आर्थिक गणना कार्यालय स्थापना

नवलपरासी– पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ शान्तिचौरस्थित साविकको करदाता सेवा कार्यायलमा

कानुन विपरित गतिविधि गर्ने तीन फर्ममाथि जरिवाना

काठमाडौँ– खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरितका गतिविधि

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ