वीरगन्जमा गोली चल्यो, गोली चलाउने बावु छोरा पक्राउ « Khabarhub

वीरगन्जमा गोली चल्यो, गोली चलाउने बावु छोरा पक्राउ


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्साको वीरगन्जमा गोली चलेको छ । घर नजिकको बाटोसम्बन्धी छिमेकीबीचको विवाद चलिरहेका बेला गोली चलेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

गोली चलाउने व्यक्तिसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२० श्रीपुरका २० वर्षीय कुन्दन साह र उनको बुवा मोहन साह छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठोरका अनुसार वृजेशकुमार पटेल र मोहन साहबीच बाटो र पर्खाल बनाउने विषयमा विवाद हुँदा गोली चलेको हो ।

एसपी राठोरका अनुसार छिमेकीलाई डराउनका लागि २० वर्षीय कुन्दन साहले गोली चलाएका हुन् । उनले आफ्नो बुवाको अनुमति (लाइसेन्स) प्राप्त हतियार (बाह्रबोर बन्दुक)बाट गोली चलाएका एसपी राठोरले जानकारी दिए ।

‘बाटो सम्बन्धी विवादमा छिमेकीलाई डराउनका लागि कुन्दनले आफ्ना बुवाको बुन्दुक निकालेर हावामा फायर गरेको भन्ने जानकारी आएको छ,’ एसपी राठेरले खबरहबसँग भने, ‘अहिले गोली चलाउने कुन्दन र उनका बुवा मोहन साहलाई नियन्त्रणमा लिएका छौं । दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।’

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ६ : १० बजे

कफीको सुगन्धमा बुनिएका युवाका सपना

धादिङ– चितवनका प्रविन प्रजाको हातमा अहिले कफीको कप मात्र छैन,

प्रधानमन्त्री कार्कीले पशुपतिनाथको दर्शनसहित गरिन् रुद्राभिषेक पूजा

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले बुधबार बिहान पशुपतिनाथको दर्शन गरी

लागूऔषधसहित सात जना पक्राउ

झापा– लागूऔषध खैरो हेरोइनसहित झापाबाट सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल

कञ्चनपुरमा छोराबाट आमाको हत्या

कञ्चनपुर– दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया