२ करोड ठगी गरी फरार महिला प्रहरीको फन्दामा « Khabarhub

२ करोड ठगी गरी फरार महिला प्रहरीको फन्दामा


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारीमा निक्षेपकर्ताले जम्मा गरेको करिब २ करोड रुपैयाँ ठगी गरी फरार रहेकी संचालक सदस्य प्रतिमा सिटौला पक्राउ परेकी छन् ।

काठमाडौं महानगरपालिका–२६ ठेगाना भएकी ३२ वर्षीया सिटौलालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सोमबार नुवाकोटको विदुरबाट पक्राउ गरेको हो ।

काठमाडौं टोखा नगरपालिका–९ स्थित नाङ्गलो दीप सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडकी संचालक सदस्य सिटौला सहकारीमा जम्मा भएको एक करोड ८३ लाख १८ हजार ८ सय ७१ रुपैयाँ ठगी गरी फरार भएकी थिइन् ।

सिटौला र सहकारीका पदाधिकारीहरुले २०७०/०७१ सालमा २ सय २ जना निक्षेपकर्ताहरुलाई आकर्षक सेवा, सुविधा र उपहार प्रदान गर्ने भन्दै विभिन्न प्रलोभनमा पारी रकम जम्मा गर्न लगाएका थिए ।

सिटौलासहित भएको ठगी मुद्दामा उच्च अदालत पाटनले २०७३ चैत ७ गते एक महिना कैद सजाय र १८ लाख ३१ हजार ८ सय ८७ रुपैयाँ जरिवाना तोकेको थियो ।

प्रहरीले सिटौलालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरेकोमा कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ६ : १९ बजे

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश