पासवर्ड सुरक्षित बनाउने टिप्स « Khabarhub

पासवर्ड सुरक्षित बनाउने टिप्स


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामी सबै प्रविधि मैत्री भएका छौ । हामीले प्रयोग गर्ने सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इस्टाग्रामलगायत तथा कम्प्युटर प्रयोग लगायतमा राखेको पासवर्ड कसरी सुरक्षित बनाउने भन्ने जान्न आवश्यक छ । दैनिक जीवनमा इन्टरनेट तथा मोबाइलको महत्व बढ्दै जाँदा सुरक्षित पासवर्डको आवश्यता समेत बढ्दै गएको छ ।

विभिन्न खाले इन्टरनेट अकाउण्टहरुमा प्रयोग हुने पासवर्डको सुरक्षा तथा गोप्यतासँग आर्थिक, सामाजिक तथा नैतिक लगायतको गोपनीयता तथा महत्व जोडिएको हुन्छ । त्यसरी आफ्नो पासवर्डलाई सुरक्षित राख्नका लागि हरसम्भव प्रयास गर्नुपर्छ । नत्र कसैले सजिलै पासवर्ड चोरी गर्ने वा ह्याक गर्ने जोखिम हुन्छ । जसका कारण तपाइँका गोप्य डाटा मात्र होइन बैंकको धन समेत चोरी हुने सम्भावना हुन्छ । पासवर्ड कमजोर नहोस् र सुरक्षित होइयोस् भन्नका लागि बलियो पासवर्ड सेट गर्ने केही तरिका यस्ता छन्ः

एउटै पासवर्ड एकभन्दा बढि वेबसाइट अर्थात् अकाउण्टका लागि प्रयोग नगर्नुहोस् । यसो गर्दा कसैले तपाइँको कुनै एउटा अकाउण्टको पासवर्ड चोरी गर्न सक्यो भने सबै अकाउण्टको तालाचाँबी प्राप्त गर्ने जोखिम हुन्छ । अर्थात् एउटा ताल्चा टुट्दैमा पूरै दराज खुल्दछ ।

भुलेर पनि १२३४५६, ००००, २४६८ तथा डब्लु एक्स वाइ जेड जस्ता कमजोर तथा सबैले अनुमान गर्न सक्ने खालका पासवर्ड प्रयोग नगर्नुस् । कुनैपनि ह्याकरले सबैभन्दा पहिले प्रयास गर्ने पासवर्ड यिनै हुन् र धेरै काण्डमा यस्ता पासवर्डबाट ह्याक भएका घटना छन् ।

आफ्ना श्रीमती, बच्चाबच्ची, अपार्टमेन्ट, मनपर्ने खेल वा क्लब, आफ्नो अफिसको नाम जस्ता कुराहरु पनि पासवर्डमा नराख्नुस् । धेरैले यो पनि अनुमान गर्ने कुरा हो ।

जति लामो तथा स्पेसल क्यारेक्टरवाला पासवर्ड हुन्छ, उति नै सुरक्षित हुन्छ । त्यसैले पासवर्डमा एक दुई अक्षर अपरकेस अर्थात् क्यापिटल लेटरमा पनि राख्नुपर्छ । यसो गर्दा पासवर्ड बढि सुरक्षित हुन्छ ।

पासवर्डलाई कागजमा लेख्ने वा कम्प्युटरमा कतै लेखेर सेभ गर्ने काम नगर्नुस् । यदि तपाइँले पासवर्ड भुल्ने डर छ र कागजमा लेख्नैपर्नेछ भनेपनि त्यसलाई पासवर्ड हो भन्ने अरुले भेउ नपाउने गरी र आफुले मात्र बुझ्नेगरी लेख्नुहोस् । उल्टोसुल्टो पारेर लेख्नु वा केही अक्षरहरु गल्ती समेत लेखेर आफुले सम्झिन सक्ने तर अरुले चोर्न नसक्ने गरी पनि लेख्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ११ : ४७ बजे

एल्गोरिदमको लोकप्रियताले मुलुकलाई युक्रेनजस्तै बनाउन सक्छ : आङदेम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक अप्ठेरो

कांग्रेसमा सभापतिलाई थप अधिकार, ६१ केन्द्रीय सदस्यदेखि चार सहमहामन्त्रीसम्म मनोनीत गर्न पाउने

काठमाडौं – नेपाली कांग्रेसको विधानले पार्टी सभापतिलाई विभिन्न पदमा नेताहरू

गगनले मीन विश्वकर्मालाई सह-महामन्त्री बनाउँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षी मीन विश्वकर्माले कुनै

गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैँ – सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका नाममा दीर्घकालीन महत्वका

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा