अध्ययन विदा लिएर काम गर्ने कर्मचारीलाई कारबाही हुन्छः मन्त्री पण्डित | Khabarhub Khabarhub

अध्ययन विदा लिएर काम गर्ने कर्मचारीलाई कारबाही हुन्छः मन्त्री पण्डित


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उचित कारण नदेखिए कर्मचारीहरुलाई अध्ययन विदा नदिने स्पष्ट पारेका छन् ।

मन्त्री पण्डितले अध्ययन विदाका लागि बाहिर गएका कर्मचारीहरुले त्यहाँ गएर जागिर खाने गरेको पाइएको उल्लेख गर्दै उचित कारण पेश गरेपछि मात्रै कर्मचारीहरुलाई विदेशमा अध्ययन गर्न जान दिने प्रष्टयाए ।

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्रालयले उचित ठानेपछि मात्रै कर्मचारीहरुलाई विदेशमा अध्ययनका लागि विदा दिन सकिने उनको भनाइ थियो ।

समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री पण्डितले आफू अघिल्लो पटक मन्त्री हुँदा अमेरिका अध्ययन गर्न गएका एक कर्मचारीले अध्ययन नगरेको पाइएपछि सेवाबाटै हटाएको स्मरण गरे ।

मन्त्री पण्डितले कर्मचारीहरुले कार्यालय समयमा निजी प्रयोजनका लागि कार्यालयको टेलिफोन प्रयोग गर्न नदिने अडान पनि राखेका थिए । कार्यालय समयमा निजी मामिलामा फोनको दुरुपयोग कर्मचारीहरुले गर्ने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्ने पनि मन्त्री पण्डितले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ७ : १२ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका