कस्मिरबारे भारतले लिएको निर्णय चीनलाई अमान्य! « Khabarhub

कस्मिरबारे भारतले लिएको निर्णय चीनलाई अमान्य!


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-यतिबेला भारत सरकारले जम्मु कस्मिरबारे गरेको निर्णयको चर्चा विश्वभर छ । यो विषय दुई छिमेकीबीच पनि आपसी टकरावको विषय बनेको छ । भारत शासित जम्मु–कस्मिरले पाइआएको विशेष राज्यको संवैधानिक मान्यता खारेज गर्ने निर्णय चीनले अस्वीकार गर्ने दाबी गरेपछि दुई देशबीचको टकराव बढ्ने देखिएको हो ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ हुआ चुनयिङले दक्षिण पश्चिम चीनको भूभागलाई समेत आफ्नो अधिकार क्षेत्रभित्र पार्ने गरी तयार पारेको लद्दाख युनियन टेरिटोरी निर्माण गरेको उल्लेख गरेकी छन् । उनले कस्मिरबारे चीनको अडान कहिल्यै परिवर्तन नहुने पनि दाबी गरेकी छन् । भारतीय पक्षले चीनको भौगोलिक सार्वभौमिकतालाई लत्याउने गरी एक पक्षीय रुपमा गरेको घरेलु कानुनको परिमार्जन चीनलाई नरहेको प्रवक्ता हुआले बताएकी छन्।

प्रवक्ता हुआले सीमा पर्ने चिनियाँ भूभागलाई भारतीय प्रशासनिक क्षेत्राधिकारमा राख्ने निर्णयको चीनले सधैँ विरोध गर्ने पनि दाबी गरेकी छन् । भारतले सोमबार जम्मु–कस्मिर विशेष राज्यको अधिकार दिने भारतीय संविधानको अनुच्छेद ३७० खारेज गर्ने प्रस्ताव संसदमा दर्ता गरेपछि चीनबाट पहिलो पटक यस्तो प्रतिक्रिया आएको हो।

चीनले परिस्थितिलाई परिवर्तन गर्ने र तनाब बढाउने कुनै प्रकारका कदम नचाल्न र संयमता अपनाउन भारत र पाकिस्तानलाई आग्रह गरेको छ। कस्मिरको वर्तमान परिस्थितिप्रति चीनको गम्भीर चासो रहेको उनले बताइन्।

प्रवक्ता हुआ चुनयिङ समक्ष भारत र पाकिस्तानी सेनाबीच नियन्त्रण रेखामा भएको गोलवारी र भारत सरकारले संविधानको अनुच्छेद ३७० खारेजीको विषयमा सञ्चारकर्मीले प्रश्न सोधेका थिए। विगत दुई सातामा चीनले कस्मिरबारे दोस्रो पटक सार्वजनिक अभिव्यक्ति दिएको हो।

भारतीय विदेशमन्त्री एस जयशंकरले बेइजिङ यात्रा गर्नुभन्दा ५ दिन अगाडि चीनको यस्तो धारणा आएको हो। साउन २६ देखि हुने उनको चीन भ्रमण क्रममा कस्मिरको विषयमा समेत छलफल हुने सम्भावना छ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ९ : ४४ बजे

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी–ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र

गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगले इजरायलले गाजामा नरसंहार

व्यावसायिक केरा खेती : एघार लाख आम्दानी

वालिङ– प्रेमनारायण पङ्गेनी स्याङ्जाको चापाकोट १० आँधीघाटका किसान हुन् ।